अपराधी उम्कने प्रयास गरे ठाउँको ठाउँ गोली हानिन्छ : एसपी श्रेष्ठ

गुगलपाटी संवाददाता मकवानपुर,२४ बैशाख
२४ बैशाख २०७५ ११:१२

सोमबारबाटै जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले अपराधी उम्कने प्रयास गरे ठाउँको ठाउँ गोली हानिने भन्दै सुरक्षाको सवालमा कसैसंग संझौता नगर्ने बताएका छन् ।

मकवानपुरका सञ्चारकर्मीहरुसँग सोमबार परिचयात्मक कार्यक्रममा बोल्दै उनले मकवानपुर जिल्लामा रहेको सुरक्षा चुनौतिको साना गरी अपराध मुक्त समाजमा लागि आफू लाग्ने बताए । अपराधीलाई कसैको सिफारिस आएपनि उन्मुक्ति दिने कुरा आफूले सोच्न सम्म नसक्ने बताए ।
मकवानपुरमा रहेको लागु औषध नियन्त्रणको लागि गाँजा फडानी गर्ने उपकरण समेत मगाएको भन्दै एसपी श्रेष्ठले फरार अभियुक्त समात्ने प्रहरीलाई प्रति फरार अभियुक्त ५ सय पुरस्कारको ब्यवस्था गरेको समेत बताए ।

हेटौंडा प्रदेशको राजधानी भएको कारण पनि यहा सुरक्षा चुनौतिहरु धेरै हुनसक्ने भन्दै उनले सुरक्षाको विषयमा आफुले रणनीतिको साथ अघि बढने समेत बताए । मकवानपुरका तत्कालिन प्रहरी उपरीक्षक बिकासराज खनाल ३३ किलो सुनकाण्डमा मुछिएपछि प्रहरी प्रधान कार्यालयले श्रेष्ठलाई मकवानपुर जिल्लामा प्रहरी प्रमुखको रुपमा पठाएको हो ।