राधाकृष्ण मन्दिरमा बृहत सरसफाई
गुगलपाटी संवाददाता वीरगन्जहिन्दु परिषद् नेपाल वीरगन्ज महानगर कमिटीले बुधबार वड़ा नं. ८ गहवामा रहेको राधाकृष्ण मन्दिरलाई बृहत सरसफाइ गरिएको छ। नगर अध्यक्ष दीपक साह कानूको सभापतीत्वमा सम्पन् सरसफाई कार्यक्रममा हिन्दू परिषद् नेपालका केंद्रीय अध्यक्ष संतोष पटेल, सचिव सुरेश साह कानू। सह(कोषाध्यक्ष संजय सर्राफ, केन्द्रीय सदस्यहरू सुकदेव साह कानू, रामेश्वर गुप्ता, अजिता देवी पटेल, वडा अध्यक्ष राजकिशोर साह कानू, समाजसेवि किशोरी गुप्ता,मंदिरका पुजारी मुन्ना झा, हिन्दु परिषद् नेपाल परदेश नं। २ का अध्यक्ष पंडित सचितानन्द दुबे, महासचिव प्रमोद सिंह, सदस्य सरिता उपाध्याय, सलाहाकारहरु अनिल सर्राफ, राजेश साह,नारायणी अञ्चल अध्यक्ष हरेंदर बाबा, पर्सा क्षेत्र नं. १ का अध्यक्ष पंडित राजीव रंजन दुबे लगायत स्थानीयवासीले सहयोग गरेका थियो।
धर्मको रक्षा गरौ,सभ्य समाज निर्माण गरौ भन्ने मूल नाराका साथ स्थापित हिन्दु परिषद् नेपालले धार्मिक एवं समाजिक कार्य गर्दै आएको छ ।सरसफाई कार्यक्रममा मंदिरका पुजारी झालाई समेत सम्मान गरियो ।