संघ र उपमहानगरबीचको टकराव सल्टियो

गुगलपाटी संवाददाता हेटौंडा,२७ साउन
२७ श्रावण २०७५ १२:४५

बिगत केही दिनदेखि मकवानपुर उधोग बाणिज्य संघ र हेटौंडा उपमहानगरपालिकाबीचमा नो पार्किङ विषयमा देखिएको समस्या समाधान भएको छ ।
आइतबार हेटौंडा उपमहानगरपालिका र मकवानपुर उद्योग वाणिज्य संघ बीच भएको वार्ताले सहमति जुटाएपछि समस्या समाधान भएको हो । दुवै पक्षलाई मध्येनजर गरेर सहमति कायम गरिएको मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपालेले जानकारी दिए ।
उनका अनुसार नो पार्किङ लागु गरिएको सबै स्थानमा एकतर्फी दुई पाङ्ग्रे सवारीसाधन उपभोक्ताले मात्र रोक्न पाउने सहमति भएको छ ।
यसैगरी व्यवसायी र घरधनीले उपभोक्ताले पार्किङ गरेको स्थानमा नपाउने भएका छन् । उनीहरुले हेउमनपाले तोकेको स्थानमा मात्र पार्किङ गर्न पाउने सहमति भएको न्यौपानेले जानकारी दिए ।
उपभोक्ताले पाकिंग गरेको स्थानमा व्यवसायी र घरधनीले पार्किङ गरेमा १ हजार जरिवाना लाग्ने सहमति भएको छ । सहमति भएपछि संघको पूर्व निर्धिारित सबै आन्दोलनका कार्यक्रम स्थगित भएको कार्यवाहक अध्यक्ष न्यौपानेले जानकारी दिए ।