नमुना बस्तीका बिषयमा गहन छलफल

गुगलपाटी संवाददाता हेटौंडा,५ भदौ
५ भाद्र २०७५ १३:०२

तीन नंम्बर प्रदेश सरकारले एकिकृत बस्ति निर्माण गर्नका लागि सोमबार मन्त्रालय र सरोकारवाला निकाय संग छलफल गरेको छ । हेटौडा १८ मानेभन्ज्याङमा एकीकृत बस्ति निर्माणका लागि आज बिभीन्न बिषयगत कार्यालय, मन्त्रालयका बिच छलफल भएको हो ।

यस प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा भएको बैठकले शहरी बिकाश मन्त्रालयबाट काम गर्नका लागि कार्यबिबरण तयार पारिने निणय भएको छ । त्यसैगरी एकीकृत बस्ति निर्माण गर्नका लागि अब गर्नुपर्ने कामको खाका तयार पारेर प्रदेश सरकारलाई दिने निणय भएको हो । यो कामको जिम्मा भवन प्रबिधी अनुसंधान तथा तालिम केन्द्र मकवानपुरलाई दिने निणय भएको छ । छलफलका क्रममा मुख्यमन्त्री पौडेलले एकीकृत नमुना बस्ति निर्माणको काम तीन नंमबर प्रदेश सरकार र प्रधानमन्त्री केपी शर्मा ओली समेतको महत्वपुर्ण चासोको काम भएकोले यथासिघ्र काम सुरु गर्नुपर्ने बताउनुभययो ।

जग्गा नभईकन प्रदेश सरकारका कुनैपनि काम गर्नका लागि समस्या भएकाले सजिलो संग जग्गा प्राप्ती गर्ने आधार तयार पार्नका लागि उहाँले आग्रह गर्नुभएको छ । छलफलमा तीन नंमबर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, मुख्यन्यायधिबक्ता सूर्यचन्द्र न्यौपाने, मुख्यमन्त्री कार्यालयका सचिब रमेश सिवाकोटी, वन मनत्रालयका सचिब, जिल्ला स्तरिय बिभीन्न सरोकारवाला निकायहरुले नमुना बस्तिका बिषमा आफ्ना धारणा राखेका थिए ।
तीन नंम्बर प्रदेश सरकारले जताततै छरिएर रहेका बिपन्न, सुकुमबासी र भुमिहिन परिवारलाई एकिकृत रुपमा नमुना बस्ति स्थापना गरेर राख्नका लागि हेटौंडाबाट काम सुरु गर्न लागिएको छ । प्रधानमन्त्री केपी ओली र तीन नंम्बर प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको पलमा सारै बिपन्न समुदायलाई सबै खालका सुबिधाहरु एकै स्थानमा दिएर नमुना बस्ति स्थापना गर्न लागिएको हो । तीन नंमबर प्रदेश सरकारले चालु आर्थिक बर्ष २०७५–२०७६ मा नमुना बस्ति निर्माणका लागि २० करोड रुपैयाँ छुट्याएको थियो । यही रकमबाट सामान्य पुर्बाधार पानी, सडक, बिजुली, बिद्यालय, स्वास्थ्यचौकी, पार्क, कुनैपनि तालिम सिक्नका लागि तालिमहल खेल मैदान सहित सबैखालका सुबिधा एकै स्थानबाट दिनेगरी काम गर्न लागिएको मुख्यमन्त्री डोरमणी पौडेलले बताउनुभयो । एकीकृत नमुना बस्ति निर्माण गर्ने योजनाको काम अनुसार पहिलो चरणमा आज हेटौंडा उपमहानगरपालिका वडानंमबर १८ मानेभन्ज्याङमा निरीक्षण समेत यसअघि गरिएको छ । मानेभन्ज्याङमा रहेको गोरक्षस्वर सामुदायिक वन र ज्वती सामुदायिक वन संग जोडिएको २० बिगाहा क्षेत्रफलको सार्बजनिक जग्गाको निरीक्षण गरिएको हो । मुख्यमन्त्री पौडेल सहित बिभीन्न सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले यस क्षेत्रको अबलोकन गरेका थिए ।
यो बस्तिलाई नमुना बस्ति निर्माणका लागि मुख्यमनत्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौंडाले शहरी बिकाश मन्त्रालयलाई सिनियर डिभीजन ईन्जिनियर सहितका कर्मचारी पठाउनका लागि माग समेत गरिएको छ । यो बस्तिका लागि निर्माणमा लाग्ने खर्च सरकारले गर्ने र त्यसबस्तिमा बस्ने परिवारलाई श्रमदानबाट काम गर्न लगाउनेगरी तयारी थालिने मुख्यमन्त्रीका स्वकिय सचिब अनुप पौडेलले बताउनुभयो । मकवानपुरको हेटौंडाबाट निर्माण गर्न लागिएको यो बस्ति यस प्रदेशका अरु जिल्लामा पनि सम्भाब्यता अध्ययन गरेर काम थालिने भएको मुख्यमन्त्रीका निजी सचिब बद्रीबहादुर पाठकले बताउनुभयो ।