किन भयो हेटौंडामा इन्धनको हाहाकार ?
गुगलपाटी संवाददाता हेटौंडा,४ असोजपेट्रोलियम पदार्थ ढुवानीका चालक तथा सहचालकहरुको आन्दोलनका कारण प्रदेश नम्बर तीनको राजधानी हेटौंडामा इन्धनको हाहाकार देखिएको छ ।
एकाएक हेटौंडामा पेट्रोलियम पदार्थको हाहाकार भएपछि उपभोक्ताहरु लाइनमा घण्टौं कुरेर तेल भर्न बाध्य भएका छन् । अधिकांश पेट्रोल पम्पहरुमा सटर लगाईएको छ भने केहि संचालनमा आएका पेट्रोल पम्पहरुमा २ सय मिटर परसम्म सर्वसाधारणको सवारी साधन सहितको लाईन छ ।
चर्को घाममा पेट्रोल पाईएलाकी भन्दै निकै सास्तीसंग सर्वसाधारण लाईन लागेर उभिईरहेका छन् ।इनधनको अभाव सृजना गरिदा आफुहरु मारमा परेको स्थानीय ग्राहक अमर लामाले बताए । चालकहरु आन्दोलनमा उत्रिएका कारण इन्धनको ढुवानीमा समस्या भएपछि अभाव भएको इन्धन ब्यवसायीहरुको दाबी छ।