कर्मचारी अभावले काम गर्न समस्या भयो : मन्त्री दुलाल

गुगलपाटी संवाददाता हेटौंडा,१० असोज
१० आश्विन २०७५ १२:५१

तीन नम्बर प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलालले कर्मचारी अभावका कारणका गर्न समस्या भएको बताएका छन् ।

बुधबार उक्त मन्त्रालयले आफ्नो द्वैमासिक कार्य प्रगति सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उनले कर्मचारी अभावले बजेट परिचालनमा समस्या रहेको बताए। ८२ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ४० जना मात्र कर्मचारी रहेको बताउँदै उनले संघीय सरकारले कर्मचारी नपठाउँदा पनि मन्त्रालयले आफ्नो कामलाई तिब्रता दिएको बताउनुभयो । प्रदेश मन्त्रालय मातहतका कार्यालयहरु कर्मचारी अभावले स्थापना हुन नसककेको भन्दै मन्त्री दुलालले संघीय सरकारलाई ताकेता गरिरहेको बताए।

सो क्रममा । मन्त्रालयकाले लागि १३ विधेयक आवश्यक रहेकोमा ६ वटा विधेक पारित गराउन प्रक्रियामा रहेको मन्त्री दुलालले जानकारी दिए । चालु आर्थिक वर्षको दुई महिनामा स्वास्थ्य सेवा विधेयक तयारी गरी प्रदेशसभाबाट पारित भएको, स्वास्थ्य निर्देशनालयको स्थापना भई संचालन भएको, मदनकुमार भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको अवधारणा पत्र तयार गरी स्विकृतिका लागि मन्त्रीपरिषदमा पठाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको चालु आर्थिक वर्षको बजेट चार अर्ब २१ करोड रुपैयाँ रहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।