तलव खान संसदलाई छलेर मन्त्रीपरिषदले गर्याे यस्तो निर्णय
गुगलपाटी संवाददाता हेटौंडा,२ जेठप्रदेश तीनका मुख्यमन्त्री, मन्त्रीहरु र प्रदेशसभा सदस्यहरुले तलव तथा अन्य सेवा सुविधा लिन प्रदेशसभाबाट विधेयक पारित हुने समयसम्म कुर्नु नपर्ने भएको छ । आज बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रदेशसभामा छलफलको क्रममा रहेको सेवा सुविधा सम्बन्धि विधेयक पास नभएसम्मको लागि तलव सेवा सुविधा लिन सक्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुन समय लागेकाले तत्कालको लागि तलव सुविधा लिन बाटो खोलिएको बताए । यो निर्णयसँगै अब मुख्यमन्त्री, मन्त्रीहरु तथा प्रदेशसभाका सदस्य तथा पदाधिकारीहरुले तलव तथा सेवा सुविधा लिन विधेक कुर्नुपर्ने छैन ।
प्रदेशसभा बैठकमा टेलव भएको उक्त दुई विधेयक प्रदेश विषेश समितिमा छलफलको क्रममा रहेको प्रदेशसभा सचिवालयका सचिव भरत बुढाथोकीले बताए । प्रदेशसभाले स्थानीय तहका जनप्रतिनिकिो तलव सम्बन्धि बिधेयक भने पारित गरिसकेको छ ।
प्रस्ताविध विधेक अनुसार मुख्यमन्त्रीले मासिक ७५ हजार, मन्त्रीहरुले ५२ हजार राज्यमन्त्रीले ४८ हजार र प्रदेशसभा सदस्यहरुले ४५ हजार रुपैयाँ तवल सहित सेवा सुविधा पाउँछन् ।