रोजगार

आजका पत्रपत्रिकाः अब मकवानपुरमा समान कामको समान ज्याला

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित आजका दैनिक पत्रिकाले आज विभिन्न विषयलाई प्रमुखताका साथ छापेका छन् । मकवानपुरको इपामा २२ मेगावाटको हाइड्रोपावर निर्माण सम्पन्न भएको, स्थानीयले १२ करोड रुपैयाँको शेयर पाउने, व्यापार मेला एक दिन पर सर¥यो, ५ दशकमा पनि लालपूर्जा नपाएको, हेटौंडा अस्पतालको भवन निर्माण छिटो सक्न प्रदेश मन्त्रीको...बाँकी

कोरियाले दियो १० हजार कामदार कोटा, जेठ २६ र २७ मा भाषा परीक्षा

रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरियाले जेठ अन्तिम साता भाषा परीक्षा गर्ने गरी नेपाललाई १० हजार ५० कामदार कोटा निर्धारण गरेको छ। १० औँ भाषा परीक्षामार्फत् यो वर्षका लागि १० हजार ५० नेपाली युवा रोजगारीका लागि कोरिया जान पाउने खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्। यो भाषा परीक्षामा...बाँकी

जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा

काठमाडौँ – जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा...बाँकी

कोरिया जान फेरि मौका, शुक्रबारदेखि आवेदन खुला

काठमाडौँ – दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी...बाँकी

सरकारले काम दिन सकेन भने अब भत्ता पाइन्छ

काठमाण्डौ – देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्यसहित सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको छ ।  राष्ट्रिय सभागृहमा भएको समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उहाँले यो कार्यक्रमले देशभित्रै युवाले रोजगारी पाउने मात्रै नभै विकास निर्माणका आयोजनाले पनि नेपाली कामदार पाउने दाबी गर्नुभयो ।  बुधबार...बाँकी

बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन

आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भए पनि रोजगारीको थप अवसर सिर्जना गर्ने सरकारको तयारी छ । आगामी पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीलाई निरुत्साहन गर्ने नीतिअनुरुप आन्तरिक...बाँकी

बेरोजगारलाई १०० दिनको निर्वाह भत्ता

काठमाडौँ — सरकारले बेरोजगार परिवारलाई भत्ता दिनेसहितको प्रधानमन्त्री रोजगार कार्यक्रम सार्वजनिक गरेको छ । यो कार्यक्रम फागुन १ देखि लागू हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यो कार्यक्रम सार्वजनिक गरेको हो । यसअनुसार एक आर्थिक वर्षमा न्यूनतम १ सय दिनको रोजगारी सरकारले दिन नसके...बाँकी

युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु

राष्ट्रिय युवा परिषद्को आयोजनामा प्रदेश ३ का युवा उद्यमी तथा युवाका लागि परामर्शसम्बन्धी अन्तरक्रिया कार्यक्रम हेटौँडामा शुरु भएको छ। अन्तरक्रिया कार्यक्रमको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् । पौडेलले राष्ट्रलाई सफलताको गन्तव्यमा पु¥याउन युवा शक्तिले पहल गर्नुपर्ने र युवाको जोस र जाँगरलाई देश निर्माणमा लगाउने बताए। स्वदेशमा...बाँकी