विविध

यसरी हुँदैछ चिनियाँ राष्ट्रपति सीलाई स्वागतको तयारी

मित्रराष्ट्र चीनका राष्ट्रपतिको भ्रमण नेपालको एउटा व्यग्र प्रतीक्षाको विषय हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ भन्ने चर्चा नेपाली सञ्चारमा छाएको पनि धेरै वर्ष भयो । सञ्चारमाध्यममा मात्र नभएर नेपालीमाझ पनि यो चासोले बढी नै चर्चा पाउने गरेको छ । निकै लामो प्रतीक्षापछि अब भने चिनियाँ राष्ट्रपति सी चिनफिङ...बाँकी

३ दिनमा ‘कबड्डी ३’ को ४ करोड बढी ग्रस कलेक्सन

 रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ३’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ । यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको ग्रस कलेक्सन गरेको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, रिश्मा गुरुङ लगायतका कलाकारको शीर्ष भूमिका...बाँकी

छोरीलाई विष खुवाएर बुवाले गरे आत्महत्या

दुरुत्साहनको मुद्धा लागेपछि कैलालीमा विष खाएर बाउछोरीले आत्महत्या गरेका छन्। गौरीगंगा नगरपालिका वडा नम्वर ५ का रामवहादुर कलेलले सल्पास नामक विषादी सेवन गरेर आत्महत्या गरेका हुन्। उनले तीन बर्षीया छोरी अनुष्कालाई पनि सल्पास खुवाएपछि उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दक्ष कुमार बस्नेतले...बाँकी

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख काठमाडौंमा

 चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का विदेश विभाग प्रमुख सोङ ताओ नेतृत्वको टोली नेपाल आएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणमा सोमबार नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टीको टोली र नेकपाबीच संयुक्त अन्तरक्रिया हुँदैछ । आजबाट सुरु हुने उक्त अन्तरक्रियामा सहभागी हुन सोङ्ताओ नेतृत्वको टोली नेपाल आएको हो । चिनियाँ टोलीलाई...बाँकी

 ‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ’ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले अर्को  आन्दोलन, अभियान र मिसन चाहिएको बताएका छन्। दिवंगत नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिष्पर्धात्मक हुने बताए। ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ? ...बाँकी

यसरी हुँदैछ दिनानुदिन चुरे दोहन

रौतहटको उत्तरी क्षेत्रमा रहेको चुरेको फेदीमा रहेका बस्तीहरुले वन क्षेत्र तथा चुरे क्षेत्रको दोहन गर्ने गरेको तथा अन्य क्षेत्रबाट पनि चुरेको दोहनले चुरे क्षेत्रकै बस्तीलाई समस्या भइरहेको देखिएको छ । जुन बस्तीको कारण चुरेको दोहन बढेको हो र जुन क्षेत्रले आफ्नै अगाडि चुरेको दोहन हुँदा पनि संगठितरुपमा दोहन हुनबाट रोक्न...बाँकी

जिससको ५० औं बोर्ड बैठक सम्पन्न

जिल्ला समन्वय समिति मकवानपुरको ५० औं बोर्ड बैठक आईतबार बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिससको ५० औं बोर्ड बैठक बसेको हो । आज बसेको बैठकले दुईवटा निर्णय गरेको छ । बैठकले कार्यालय समयमा सामाजिक संजाल चलाउन नपाउने तथा आउँदै गरेको चाडपर्वका अवसरमा शुभकामना आदान...बाँकी

बझाङको वडा कार्यालयमा आगजनी

 बझाङको केदारस्युँ गाँउपालिका-७ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शनिबार राति वडा कार्यालयमा आगजनी भएको गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले जानकारी दिइन् । आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेका छन् । आगजनी कस्ले गरेको हो भन्नेबारे खुलेको छैन । घटनास्थलसम्म रायल प्रहरी चौकीबाट टोली प्ररिचालन गरिएको...बाँकी