विविध

(एएफयू)लाई हेटौंडामा भवन निर्माण नगर्न पाटन उच्च अदालतको आदेश

 कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)लाई हेटौंडामा भवन निर्माण नगर्न पाटन उच्च अदालतले आदेश दियो । एएफयूले  हेटौंडा-१० स्थित फरेस्ट्रीमा वन संकायको भवन निर्माण थालेपछि त्रिभुवन विश्वविद्यालय (टियू)ले उच्च अदालतमा मुद्दा दायर गरेको थियो । पाटन उच्च अदालतको हेटौंडा इजलासले साउन ३ गते जारी अन्तरिम आदेशलाई नै सदर गरिदियो ।...बाँकी

पर्यटनमन्त्रीमा योगेश भट्टराई, ४ बजे सपथ ग्रहण गराईने

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराई नियुक्ति गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद विस्तार गर्दै भट्टराईलाई पर्यटनमन्त्रीको जिम्मेवारी दिएका हुन् । राष्ट्रपतिले भट्टराईलाई ४ बजे मन्त्रीको सपथ गराउने छिन् । भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन्। उनी नेकपाका स्थायी समिति सदस्यसमेत हुन्। गत फागुन १५ गते तत्कालीन...बाँकी

प्रदेश सरकार र कृषि बैंक बिच समझदारी, अब कृषकलाई सहज अनुदान तथा ऋण

प्रदेश ३ सरकारले कृषकहरुलाई अनुदान र सहुलियत ऋण उपलब्ध गराउन कृषि विकास बैंकसँग १४ बुँदे सम्झौता भएको छ । प्रदेशका कृषक, कृषक समूह, सहकारी एवंम उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन र प्रवद्र्धन गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास वैंक लिमिटेडबीच मंगलबार हेटौंडामा ‘सहुलियतपूर्ण ऋण र अनुदान’ समझदारी पत्रमा...बाँकी

कांग्रेस र राजपाको विरोधमा संसद बैठक स्थगित

सर्लाही घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रतिनिधिसभाको सोमबारको बैठक अवरुद्ध गरेका छन् । सभामुख कृष्णबहादुर महराले बैठक शुरु गर्नासाथ दुवै दलका सांसदहरु उठेर विरोध जनाएका थिए । सांसदहरुले विरोध गरिरहेकै बेला उनले बैठकको कारवाही...बाँकी

नेपाली स्काउटरको नाममा अमेरिकामा छात्रवृत्ति

नेपाल स्काउटका प्रथम सगरमाथा आरोही युवा अनिश लुइँटेलले विश्व स्काउट जेम्बोरीमा नेपालको झण्डा फहराएका छन्। अमेरिकाको वेस्ट भर्जिनियामा सम्पन्न २४औं समारोहमा उनले नेपाल र विश्व स्काउट जेम्बोरीको झण्डा आयोजकलाई हस्तान्तरण गरेका हुन्। लुइँटेलले नेपालको संविधान, नेपाली झण्डा र विश्व स्काउटको जम्बोरीको झण्डालाई १ जेठ ०७५ मा विश्वकै सर्वोच्च शिखरमा पुर्‍याएका...बाँकी

आफ्नो नाममा राजनीति नगर्न मकवानपुर क्याम्पसका विद्यार्थीको आग्रह

मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थी सुजल चौलागाई तथा विवेक हटुवालले आफुहरुको कारण मकवानपुर बहुमुखी क्याम्पसको पठनपाठन अबरुद्ध नगर्नको लागि अनुरोध गरेका छन् । आज प्रेस विज्ञप्ति जारी गर्दै दुबै विद्यार्थीहरुले गत साउन ५ गतेको घटनाको सबै प्रक्रिया पुरा भई क्याम्पस, स्ववियु तथा आफुहरुसँग सहमति भैसकेको तर केहि विद्यार्थी संगठनले आफुहरुको नाम...बाँकी

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने गिरोह पक्राउ

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।  वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर...बाँकी

मकवानपुरको थाहा स्थित चित्लाङलाई थानकोटसँग जोड्ने सडक निर्माणको दैनिक अनुगमन गरिने

ठेकेदार कम्पनीको लापरबाहीका कारण निर्माणाधीन चित्लाङ-थानकोट सडक अलपत्र अवस्थामा छ । गणेशमान सिंह राजमार्गका रुपमा परिचित सडक निर्माणको जिम्मा पाएको किराँतेश्वर कन्स्ट्रक्सनले काममा लापरबाही गरेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । स्थानीयले छिटो सडक निर्माण कार्य सम्पन्न गर्न निरन्तर दबाव दिइरहेका छन् । सुरुङ निर्माणको समेत योजना रहेको २२...बाँकी