विविध

१७ प्रतिशत किशोरी १० देखि १९ वर्षमा नै आमा

 नेपालमा अझैसम्म पनि १७ प्रतिशत किशोरीहरू सानै उमेरमा आमा बन्ने गरेको देखाएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय किशोरकिशोरी तथा विकास रणनीति २०७५ ले १० देखि १९ वर्षमा नै आमा बन्ने किशोरीहरु १७ प्रतिशत रहेको उल्लेख गरेको छ । सन् २०१० को एक अध्ययनअनुसार नेपालमा किशोरकिशोरीको सङ्ख्या कुल जनसङ्ख्याको...बाँकी

आगमी तीन दिनसम्म देशभर बर्षाको सम्भावना

 पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगमी तीन दिनसम्म काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोदेखि पूर्वी क्षेत्रमा बनेको कमजोर न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदलीसँगै...बाँकी

घोर कलियुग ! छोरी लिन आएका ज्वाईसँग सासुआमा नै भागेपछि…

हाम्रो छिमेकी मुलुक भारतमा हरेक दिन नयाँ र फरक घटनाहरु भइरहेका हुन्छन् । यो बिचमा उत्तर प्रदेशस्थित कानपूर जिल्लामा अधबैंसे दुलाहा (बेहुला) लाई देखेपछि दुलही (बेहुली) ले विवाह गर्न अस्विकार गरेको खबर आएको छ । भारतीय मिडियाका अनुसार दुलहीले दुलहातर्फ माला फ्याँक्दै चिच्याउँदै भनिन्, ‘ममाथि धोका भएको छ ।’ समाचार...बाँकी

फेसबुक: मार्क जकर्बर्गको नेतृत्वबारे मतदान हुँदै

मार्क जकर्बर्गलाई फेसबुकको अध्यक्षबाट हट्न आह्वान गरिएको विषयमा सो संस्थाको वार्षिक साधारण सभामा बिहीवार मतदान हुने अनुमान गरिएको छ। जकर्बर्ग फेसबुकका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका अध्यक्ष हुन्। उनलाई अध्यक्ष पद त्याग गर्न आह्वान गर्नेहरूले त्यसो गर्दा जकर्बर्गले कम्पनी सञ्चालनमा अझ ध्यान पुर्‍याउन सक्ने तर्क गरेका छन्। फेसबुकमा जकर्बर्गको...बाँकी

सरकार र नेत्रविक्रम चन्दको नेकपाबीच वार्ताको सम्भावना कति

राजधानी काठमाण्डूमा आइतवार चार जनाको ज्यान जानेगरी भएका विस्फोटनपछि नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच वार्ताको विषयले एक पटक फेरि चर्चा पाएको छ। गृहमन्त्री रामबहादुर थापाले सोमवार प्रतिनिधिसभामा बोल्दै उक्त समूहलाई मूलधारमा ल्याउन नियन्त्रण र वार्ता दुवै विधि सरकारले अपनाइरहेको बताएका थिए। उक्त समूहले नेपाल बन्द गरेकै...बाँकी

‘दैवीय शक्ति’ पाउने अन्धविश्वासले छिमेकी बालककाे ‘बलि’

 धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा 'शक्तिशाली' हुने अन्धविश्वासले अढाई वर्षीय बालककाे बलि दिएकाे खुलेकाे छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेकाे प्रहरी अनुसन्धानमा पुष्टि भएकाे हाे । मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरकाे ढाेकामै खेलिरहेका...बाँकी

नेपालमा कतारको भिसा केन्द्र खुल्दा सरकार र व्यवसायी किन असन्तुष्ट

वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको प्रवेशाज्ञाको सम्पूर्ण प्रक्रिया नेपालमै सक्ने भन्दै काठमाण्डूमा कतारले एउटा केन्द्र स्थापना गरेको छ। तर उक्त भिसा केन्द्रको स्थापनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र म्यानपावर व्यवसायीहरू असन्तुष्ट देखिएका छन्। श्रम मन्त्रालयले केही महिनाअघि आएको प्रस्तावको टुङ्गो नलाग्दै अर्कै बाटो समातेर सो कार्यालय...बाँकी

पिएम कप : मा प्रदेश दुईको पहिलो जित दर्ता

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा प्रदेश दुईले पहिलो जित दर्ता गराएको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश दुईले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ९४ रनको सामान्य चनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले १६ ओभरको समाप्तिमा एक विकेटको क्षतिमा लक्ष्य भेटायो । प्रदेश दुईको जितमा हरिशंकर शाहले...बाँकी