नेपाल स्काउटको ७० औ स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा नेपाल स्काउट हेटौंडा उपमहानगर समिति हेटौंडाले कोभिड संक्रमणका कारण सडक छेउ भोकै रहेका कुकुर, बादर, लगायत पन्छीहरुसमेतलाई आहारा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। नेपाल स्काउट हेटौंडा उपमहानगरपालिका समितिले रातोमाटे छेउ यात्रु तथा सवारी साधन बाट फालेका खानेकुरा खादै आएका जनावर तथा...बाँकी
बागमती प्रदेशको प्रदेश युवा परिषदको उपाध्यक्षमा मकवानपुरका युवानेता सन्तोष चौलागाई नियुक्त हुनुभएको छ । बागमती प्रदेश सरकारको गत जेठ २७ गते बसेको मन्त्री परिषद्को निर्णयबाट प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चौलागाईलाई युवा परिषद्को उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । युवा परिषदमा उपाध्यक्ष नियुक्तिसँगै प्रदेशमा युवाको निति निर्माण गर्न र योजना कार्यान्वयन गर्न...बाँकी
नेपाल स्काउट बागमती प्रदेशको प्राविधिक सहयोग र हेटौंडा उपमहानगरपालिका कमिटिको आयोजनामा कोभिड संक्रमित भएकाहरुको घर निशुल्क डिसइन्फेक्ट गर्ने कार्यक्रमको शुरुवात गरेको छ । नेपाल स्काउट हटौडा उपमहानगरपालिका संयोजक दिपेन्द्र रोक्काको सभाध्यक्षता र हेटौंडा उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष राजेश बानियाको प्रमुख आतिथ्यतामा सोमबारबाट कार्यक्रमको शुभारम्भ गरेको...बाँकी
अष्ट्रेलियामा बसेका मकवनपुरे युवाले हेटौंडा अस्पताललाई एक सय सिलिण्डर अक्सिजन सहयोग गरेका छन् । हेटौंडा लेडि जेसिज मार्फत मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान,हेटौडा अस्पताललाई अक्सिजन सहयोग गरेको हो । मकवानपुरबाट अष्टेलियामा काम गर्दै आएका युवाहरुले कोरोना संक्रमित बिरामीलाई उपचार गर्नका लागि सहज होस भन्ने उदेस्यले अक्सिजन सहयोग गरेको...बाँकी
हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बाँनियाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमार्फत सुविधा सम्पन्न एम्बुलेन्स सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौडा पशुपतिनगरलाई सोमबार आयोजित एक कार्यक्रम बिच हस्तान्तरण गरेका छन् । १४ लाख ५० हजार लागतको एम्बुलेन्स बाँनियाकी आमा नर्बदा बानियाँ र वडाध्यक्ष बानियाँले...बाँकी
नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडाको सम्पर्क कार्यालयको आज उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच नेकपा माओवादी केन्द्र मकवानपुरकी इन्चार्ज कुमारी मोक्तानले कार्यालय उद्घाटन गर्नुभएको हो । उहाँले कार्यालय उद्घाटन गर्दै कोभिड १९ संक्रमणबाट बच्न सुरक्षा सतर्कता अपनाउन र समस्यामा परेकाहरुलाई सहयोग गर्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।...बाँकी
सामुदायीक प्रहरी सेवा केन्द्र हेटौंडा–९ पशुपतिनगर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा हेटौंडाको मुख्य बजारमा मास्क वितरण गरिएकोछ । मकवानपुरमा कारोना भाइरसको संङक्रमण बढ्दै गएपछि प्रहरीले सडकमै खटिएर नागरिकलाई मास्क लगाउन आग्रह गर्दे मास्क बितरण गर्न थालेको हो । विहीबार हेटौंडाको मुख्यबजारमा मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर र सामुदायीक...बाँकी
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरीस्थित हात्तिगौंडामा नेकपा माओवादी केन्द्रको वडा पार्टी सम्पर्क कार्यालय स्थापना गरिएको छ । पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तानले आज आइतबार कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री केपी शार्मा ओलीले धोका दिँदैमा कम्युनिष्ट आन्दोलन कमजोर नहुने बताउनुभयो । ‘आन्दोलनको बहाक...बाँकी