जिल्ला प्रहरी कार्यालय बर्दियाको क्यान्टेनमै एक जना महिलाको शव भेटिएको छ। बिहीबार राति करिब १ बजेतिर जाजरकोटकी ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको हो । कल्पना जाजरकोट घर भइ जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती रहेको पुष्टि भएको छ...बाँकी
मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई भरियालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले वुधबार ११ केजी गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । चितवनबाट वीरगंज तर्फ जादै गरेको ना ४ ख ९३५३ नं को यात्रुबाहक बसलाई हेटौंडा–१५ रातोमाटेमा रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार चितवन बस्ने...बाँकी
उपभोक्ता हित अधिकार मञ्च मकवानपुरले प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेल समक्ष उपभोक्ताको हितमा हुने गरी कानून् निर्माणका लागि ध्यानाकर्षण पत्र बुझाएको छ । मञ्चका अध्यक्ष बासु खतिवडाको नेतृत्वमा गएको टोलीले आज बुधबार प्रदेश सरकारको निर्माणधीन प्रादेशिक कानूनमा उपभोक्ताको हित सुरक्षित गर्न ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।...बाँकी
रोल्पाको त्रिवेणी गाउँपालिका–५ की २५ वर्षीया एक अपांगता भएकी महिला जबर्जस्ती करणीमा परेकी छिन् । पूर्व माओवादी लडाकूसमेत रहेकी निज महिला माओवादी युद्धताका अपांग भएकी थिइन् । बोल्न नसक्ने तथा हातखुट्टा नचल्ने अवस्थामा रहेकी निज महिलालाई सोही गाउँका ५१ वर्षीय हरिप्रसाद कामीले जबर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । घरमै...बाँकी
काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा ३ ख ६६७४ नम्बरको ट्रिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा...बाँकी
सप्तरीको सुरुङ्गा नगरपालिका– २ भेडियास्थित एउटा औषधि पसलमा आज बिहान आगलागी हुँदा लाखौंँ मूल्य बराबरको क्षति भएको छ । स्थानीयवासी आनन्द विकले सञ्चालन गरेको औषधि पसलमा विद्युत् चुहिई आगलागी हुँदा करीब रु दश लाख मूल्य बराबरको औषधि र टिनको छानो भएको एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार...बाँकी
राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ । ९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । तर, छोरा राजीव घिमिरेका अनुसार राष्ट्रकविको आन्तरिक रक्तश्राव रोकिएको छ । घिमिरे पछिल्लो केही महिनादेखि अस्वस्थ छन् । बेलाबेला अस्पताल...बाँकी
पश्चिम नवलपरासीको बर्दघाट बजारमा शनिबार दिउँसो दुई मोटरसाइकल एक आपसमा ठोकिदा तीन जनाको मृत्यु भएको छ भने एकजना घाइते छन् । गोपीगञ्जबाट बर्दघाटतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल बर्दघाटको सशस्त्र युक्ति महाविद्यालय सडक अगाडि ठोकिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा बर्दघाट नगरपालिका १६...बाँकी