काठमाडौं : रत्नपार्क काठमाडौंको मध्यभागमा छ। कुनैबेला रत्नपार्क काठमाडौंको संगमस्थल थियो। देशमा चल्ने परिवर्तनका चर्का स्वर यहीँ गुञ्जिन्थे। विरोधको स्वर बुलन्द बनाउने थलो पनि यहीँ बनेको थियो। ०४६ को जनआन्दोलनदेखि ०६२र६३ को आन्दोलनको पहिलो उदगमस्थल रत्नपार्क नै बनेको थियो।रत्नपार्क उच्च वर्गदेखि न्यून आय भएकाहरूसम्मको जमघट हुने ठाउँ हो। कोही जागिरको...बाँकी
खोटाङ — साउदी अरबमा अलपत्र ३८ नेपाली चार दिनदेखि भोकै भएको पीडितहरुले बताएका छन् । गत सोमबार बेलुकीदेखि आफूहरु भोकै बस्न बाध्य भएका खोटाङ जालपाका शेषन श्रेष्ठले बताए । गत फागुन १ गते साउदी अरब पुगेका उनीहरु सम्झौताअनुसारको काम र तलब नपाउँदा अलपत्र परेका हुन् । मकवानपुरका सूर्यबहादुर बम्जनका अनुसार...बाँकी
काठमाण्डौः ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि बिहीबार दिउँसो केही महिला जम्मा भए। एक महिला खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको तर उनले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्। घरबाहिर महिलाहरू भेला भएको देखेपछि...बाँकी
काठमाण्डौः सरकारले चीनमा रहेका सबै नेपाली नागरिकको विवरण संकलन गरिरहेको छ । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार सूचना प्रकाशित गरी चीनमा रहेका सबै नेपाली नागरिकको अद्यावधिक विवरण संकलन गरिरहेको जानकारी दिएको छ । कोरोना भाइरस (कोभिड–१९) प्रकोपका विरुद्ध सुरक्षात्मक उपाय अपनाउने सन्दर्भमाचीनमा रहेका सबै नेपाली नागरिकको विवरण संकलन गरिरहेको राजदूतावासले जानकारी...बाँकी
सल्यानः तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानको शारदा नगरपालिकामा एक १३ वर्षीय किशोरलाई पक्राउ गरेको छ । फागुन ११ गते बालकले बालिकामाथि बलात्कार गरेको भन्दै पीडित परिवारले फागुन १२ मा प्रहरीमा उजुरी दिएका थिए । कक्षा ६ मा पढने बालकले आफ्नै कोठामा लगेर बलात्कार गरेको पीडित परिवारले बताएको...बाँकी
काठमाण्डौः काठमाडौंको पुरानो बसपार्कनजिकैको एक रेष्टुरेन्टमा आगलागी भएको छ। प्रहरी वृत्त सिंहदरबारले जनाएअनुसार बसपार्कभित्र रहेको भ्युटावर निर्माणस्थल नजिकको रेस्टुरेन्टमा साढे ३ बजेतिर आगो लागेको हो। आगलागीको कारण भने खुल्न बाँकी रहेको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। दमकलको सहायताले आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ। पछिल्लो समय...बाँकी
मकवानपुरः जिउँदो सालक अवैध ओसारपसार गर्ने मकवानपुरका अनिश तामाङसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । संरक्षित वन्यजन्तु सालकको अवैध ओसारपसार तथा बिक्रिवितरण्मा संलग्न रहेका २ जनालाई महानगरीय अपराध महाशाखा टेकुले नियन्त्रणमा लिएको हो । विषेश सूचनाका आधारमा काठमाडौं ११ सिभिल मल अगाडीबाट जिउँदो सालकसहित मकवानपुर कैलाश गाउँपालिका ५ पालङ्ग...बाँकी
काठमाण्डौः भूमि, व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने काम ९० प्रतिशत सम्पन्न भएको जानकारी दिएकी छन् । शुक्रबार आफ्नो कार्यकालमा प्राप्त उपलब्धिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले यस्तो बताएकी हुन् । नेपालले पहिलो पटक आफ्नो जनशक्ति र स्रोत परिचालन गरेर सगरमाथाको उचाई नाप्ने काम...बाँकी