विविध

६ के.जी लागुऔषत सहित १ जना पक्राउ

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट ६ के.जी अवैध लागूऔषध गाँजा सहित कैलाश गाउँपालिका–६ भार्ता बस्ने ३२ वर्षीय सुशिल कुमार स्याङ्वोलाई बिहीबार मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पशुपतिनगरबाट खटिएको प्रहरीले नारायणगढबाट बीरगंजतर्फ जाँदै गरेको ना।६ ख ५३२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार स्याङ्वोको साथबाट उक्त परिमाणको...बाँकी

सुनको भाउ तोलाको ७९ हजार दुई सय

काठमाण्डौः सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको हो । यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ...बाँकी

विन्दावासिनी एसिड काण्ड : तेजाब छ्याप्‍नेलाई ८ वर्ष जेल, १ करोड क्षतिपूर्ति

हेटौंडाः हेटौँडाकी विन्दबासिनी कंसाकारलाई एसिड प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई ८ वर्ष कैद सजायको फैसला भएको छ। जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजलासले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दाअन्तर्गत केशरीलाई ८ वर्ष कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो। त्यस्तै, मतियारको रूपमा रहेको सञ्जयकुमार मण्डललाई २ वर्ष...बाँकी

मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरे खण्डमा नदीजन्य बस्तुको अनुगमन

मनहरीः फागुन १४ गते बुधवार दिउँसो ३ बजे मनहरी गाउँपालिका वडा नं ९ ज्यामिरे खण्डमा नदीजन्य बस्तुको अनुगमन गर्न अनुगमन टोली पुग्यो । ट्रयाक्टरले राजश्व रसिद काटे–नकाटेको चेकजाँच गर्नुहुँदै अनुगमन टोली प्रमुख कोइराला । डिभिजनल वन कार्यालय राप्ती मनहरीका प्रमुख दीर्घ नारायण कोइरालाको नेतृत्वमा रहेको टोलीमा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट,...बाँकी

हेटौंडा सन्देशद्धारा सहयोग

हेटौंडा ÷ हेटौंडा सन्देश दैनिकले मंगलवार हेटौंडा १३ स्थित वनस्पतिमा घर भत्काउदा ड्रेस पुरिएर विद्यालय बन्चित भएकी रितिका दाहाललाई सहयोग गरेको छ । सन्देशले विद्यालयका पोसाक सिलाएको ,कापि र डट्पेन एक÷एक दर्जन सहयोग गरेको हो । सरकारी आदेश भन्दै मंगलवार हेटौंडा १३ स्थित वनस्पतिमा निर्माण गरिएका १५ घरमा डोजर लगाएर...बाँकी

शहरी स्वास्थ्य केन्द्र स्थापनामा ढिलाई

 हेटौंडा÷ हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडामा माघ महिनाभित्रै शहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने भनिए पनि स्थापना गर्न सकिएको छैन । विभिन्न समस्या भवन नभेटिने , सामनह? नपाएको कारणले गर्दा १० नम्वर वडा र १९ नम्वर वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न नसकिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा अधिकृत भोला चौलागाईले जानकारी...बाँकी

प्रधानमन्त्रीलाई भेटेर शेखरले भनेः तपाईंले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ

हेटौंडाः प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन्। बिहीबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुटार पुगेका कोइरालाले झण्डै दुई घण्टा छलफल गर्दा राजीनामा दिन सुझाव दिएको कोइरालाको स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। ‘शेखर दाइ बालुवाटार पुग्दा आठ बजिसकेको थियो। दाइले प्रधानमन्त्रीज्यूलाई सुरुमै...बाँकी

सुनको भाउ बढ्दो

हेटौंडाः दुई दिनदेखि ओरालो लागेको सुनको मूल्य बिहीबार फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई सयले बढेर ७९ हजार सात सय रुपैयाँ मा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन तोलमा ७९ हजार ५ सयमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ७९ हजार ४...बाँकी