विविध

वीरगञ्‍जबाट सात महिनामै भित्रियो ३ अर्ब ४८ करोड रुपैयाँको धान

हेटौंडाः कृषि प्रधान देशमा धान आयात गर्दा अर्बौं रकम बाहिरियोभन्दा अलि आश्चर्य लाग्न सक्छ। तर, नेपालको सन्दर्भमा यो अब आश्चर्यको कुरा रहेन। गएका सात महिनामा वीरगन्जस्थित एउटा भन्सार नाकाबाट मात्र धान आयात गर्न तीन अर्ब ४८ करोड ८९ लाख रुपैयाँ बाहिरिएको छ। नेपाल सरकारले आयात प्रतिस्थापन गर्ने दाबी गरिरहेको समयमा...बाँकी

कारले स्कुटर र बाइकलाई ठक्कर दिँदा

हेटौंडाः हेटौंडा २ स्थित मानसचोकमा सवारी दुर्घटना भएको छ । मानसचोकमा रोकिराखेको १ वटा स्कुटर र २ वटा मोटरसाइकललाई कारले ठक्कर दिएको छ । मानसचोकबाट संगमचोकतर्फ जाँदै गरेको प्रदेश नम्वर ३–०१–०२३ च २२५ नम्वरको कारले सडक पेटीमा चढेर स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको छ । तीव्र गतिमा आएको कारले सडक...बाँकी

कांग्रेसको अन्तरिम संगठन पुनर्संरचनाः ४ पटक म्याद थप्दा ३२ जिल्लाको सकियो

हैटौंडाः प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अहिलेसम्म नेपालको संविधान २०७२ मा उल्लेख भएको शासकीय स्वरुप अर्न्तगत पार्टीको सांगठनिक ढाँचा निर्माण गर्न सकेको छैन । नयाँ संरचना अनुरुप निर्वाचन भएर प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा जनप्रतिनिधि चुनिएको दुई वर्षभन्दा बढी हुँदासम्म कांग्रेसले त्यो अनुरुपका संरचना बनाउन नसकेको हो । २०७३ फागुनमा संघीयता...बाँकी

सरकारी कार्यालयको मोटरसाइकल सिक्न प्रयोग

हेटौंडाः कार्यालयसम्बन्धी काममा प्रयोग गर्न सरकारी ढुकुटीबाट खरिद गरिएको मोटरसाइकल सिक्ने काममा दुरुपयोग गरेको पाइएको छ। सरकारी कार्यालयको स्वामित्वमा रहेको ग १ ब ५०१ नम्बरको सेतो नम्बर प्लेटको मोटरसाइकल गत मंगलबार दिनभरि हरमटारीस्थित रङ्गशालामा सिकिरहेको फेला परेको हो। सो मोटरसाइकल कुन सरकारी कार्यालयको हो भन्ने बारे भने खुल्न सकेको छैन।...बाँकी

दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकलाई कोरोना संक्रमण

हेटौंडाः दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । दक्षिण कोरियामा रहेको युनाइटेड स्टेड फोर्सेज कोरिया (यूएसएफके) मा कार्यरत अमेरिकी सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएको यूएसएफकेको जनसम्पर्क विभागले जानकारी दिएको छ । दक्षिण कोरियाको क्याम्प क्यारोलमा रहेका २३ वर्षीय सैनिकलाई कोरोना संक्रमण देखिएको हो।...बाँकी

मिस नेपालसँग मिस युनिभर्सले सहकार्य नगर्ने

हेटौंडाः सौन्दर्य प्रतियोगिता मिस नेपालसँग यो वर्ष मिस युनिभर्सले सहकार्य नगर्ने भएको छ । मिस युनिभर्सले यो सहकार्य तोडेको हिडन ट्रेजरका अध्यक्ष दीवाकर राजकर्णिकारले जानकारी दिए । मिस युनिभर्सको प्रावधानअनुसार प्रत्येक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्छ। ३ वर्ष भयो हामीले यो लाइसेन्स प्राप्त गर्न थालेको। तर यसपाली अचानक उहाँहरुले हामीलाई लाइसेन्स...बाँकी

रेड पाण्डाको छालासहित कपनबाट चारजना पक्राउ

हेटौंडाः प्रहरीले दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालासहित चारजनालाई पक्राउ गरेको छ। काठमाडौं कपनस्थित खरिबोटबाट सिन्धुलीको तिनपाटन गाउँपालिकाका सूर्य भुजेलसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा भुजेलसहित सुक बहादुर लामा, कमला तामाङ र युवराज सापकोटा रहेका छन्। उनीहरुले रेड पाण्डाको छाला अवैधरुपमा विक्रीका लागि हिँडिरहेको...बाँकी

दिल्ली हिंसाः मृतकको संख्या ७ पुग्यो

हेटौंडाः भारतको राजधानी नयाँदिल्लीमा नागरिकता संशोधन कानुन (सीएए) को विरोध र समर्थनमा भएको हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणका क्रममा रहेकै बेला राजधानीको दिल्लीको उत्तरपूर्वी क्षेत्रमा सोमबारको हिंसात्मक प्रदर्शनका क्रममा भएको भिडन्तमा ७ जनाको मृत्यु भएको छ। त्यस्तै झडपमा कम्तीमा पनि ३५...बाँकी