प्रवाश

उत्खननका क्रममा भेटियो राजाले लुकाएको सम्पत्ति, स्थानियका लुटालुट

काठमाडौं – भारतको राजस्थानस्थित जोधपुरमा एक मठमा निर्माण कार्य भइरहँदा भुइँमुनिबाट चाँदीको सिक्का निस्कन थाल्यो । मानिसहरूले मठबाट खजाना निस्केको थाहा पाएपछि त्यहाँ भेला भए र सिक्का लुटेर घर लगे । प्रहरी हेरेको हेर्‍यै भयो । जोधपुरभन्दा ४० किलोमिटर टाढा रहेको सालवा कलाँ गाउँको प्राचीन मठमा निर्माण कार्य चलिरहेको छ...बाँकी

चुनावी प्रचारका लागि भारतका राजनीतिक दलले गुगल र फेसबुकमा मात्रै खर्च गरे ५३ करोड भारु

आइतबार भारतमा एक महिनादेखि जारी लोक सभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन परिणाम र निर्वाचनका विभिन्न तथ्याकं बाहिर आउने क्रम जारी छ । भारतमा राजनीतिक दलले चुनावी प्रचारको लागि फेब्रुअरीदेखि हालसम्म फेसबुक र गुगल आदी डिजिटल मंचमा ५३ करोड भारु भन्दा बढी खर्च गरेको तथ्याकं सार्वजनिक भएको छ ।...बाँकी

ट्रम्पले इरानलाई दियने चेतावनी, हामीसँग युद्ध गरेमा आधिकारिक अन्त्य हुने

 अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आइतवार इरानलाई चेतावनी दिँदै आफूहरूको विरुद्ध उसले युद्ध गरेमा उसको आधिकारिक अन्त्य हुने ट्वीट गरेका छन् । अमेरिकालाई कहिले पनि धम्की नदिन उनले भनेका छन् । अमेरिकी सैनिकलाई पश्चिम एसियामा तैनाथ गरेपछि दुई देशबीच तनावको स्थिति छ । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले इरानी शासकहरूलाई...बाँकी

भारतको निर्वाचनमा हिंसा, पञ्जाबमा कांग्रेस कार्यकर्ताको हत्या

आइतवार भारतको लोकसभा निर्वाचनको अन्तिम चरणको निर्वाचनमा पश्चिम बंगाल, विहार र पञ्जाबमा हिंसाका घटना भएका छन् । पञ्जाबको खडूर साहिबमा कांग्रेस कार्यकर्ताको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । त्यस्तै, बठिन्डामा मतदान केन्द्रबाहिर फायरिङ भएको थियो । बठिन्डामा २० भन्दा बढी मानिस घाइते भएका छन् । पश्चिम बंगालको जाधवपुर,...बाँकी

शान्ति सेनामा गएका सैनिकको हत्या

अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख छ । अर्का एक जना नाइजेरियाली शान्ति सैनिक पनि घाइते भएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आक्रमणप्रति...बाँकी

२८ सय रुपैँयामा किनेको काचौरा ५७ लाखमा बिक्यो !

बेलायतमा निकै सस्तो दाममा किनिएको एउटा चाइनिज बउल (कचौरा) ले एकजना व्यक्तिको भाग्य परिवर्तन गरिदिएको छ । सन् १९८० को दशकमा एक बेलायतीले २० पाउन्ड ९२८ सय रुपैयाँ० मा एउटा कचौरा किनेका थिए । त्यसलाई उनले लिलामीमा बेच्दा उनले ४० हजार पाउन्ड ९५७ लाखभन्दा बढी रुपैयाँ० मा पाए । चार...बाँकी

मोदी विरुद्ध निर्वाचन आयोगमा उजुरी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचन आचार संहिताको उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ। प्रतिपक्षी दल कंग्रेस आईका सांसद प्रदीप भट्टाचार्यले मौन अवधिमा मोदीको केदारनाथ र बद्रीनाथ भ्रमणको मिडिया कभरेजले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी हालेका छन्। ‘केदारनाथ भ्रमणबारे जसरी मोदीले मिडिया कभरेज गराए त्यो अरू केही होइन आचारसंहिताको...बाँकी

गाउँमा बोको हरामको अक्रमण, १३ जना गाउँलेको हत्या

 अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख...बाँकी