अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ । आफ्नै सहकर्मीले गरेको कारबाही परी सुरक्षा अधिकारीहरुले ज्यान गुमाएका यो पछिल्लो घटना भएको बताइएको छ । प्रान्तीय राजधानी लासकार घाको बाहिरी क्षेत्रको ताङ्की इलाकामा रहेको प्रहरीचौकीमा बिहीबार...बाँकी
भारतको झारखण्डमा एउटा निकै डरलाग्दो घटना सार्वजनिक भएको छ । भारतीय मिडिया आजतकका अनुसार यहाँका एक मानसिक रोगी छोराले आफ्नो पिताको मृत्युपछि उनको शव बिस्तारै खाइरहेका थिए । घटना पलामू जिल्लाको दनबदार गाउँको हो । पुसिल अधिक्षक इन्द्रजीत महाताका अनुसार दनबदार गाउँमा ४५ वर्षे सुरेश मोची आफ्ना छोरासँग बस्दथे ।...बाँकी
अमेरिकामा ठुलो साइबर आक्रमण हुने आशंका गरिएको छ। आक्रमणलाई रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले साइबर संकटकालको घोषणा गरेका छन्। ह्वाइट हाउसले जारी गरेको वक्तव्यलाई आधार बनाएर बीबीसीले अमेरिकाका कम्युटरलाई ह्याकरबाट बचाउँन ट्रम्पले उक्त संकटकालको घोषणा गरेका बताएको छ। अब अमेरिकी कम्पनीहरूले विदेशी टेलिकम कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न पाउने छैनन्। ट्रम्पको...बाँकी
फोटो शेयरिङ एप इन्स्टाग्राममा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छन् । मलेसियाकी एक १६ वर्षीया किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग मत सर्वेक्षण गरेकी थिइन् । मत सर्भेक्षणमा उनले आफु मर्दा ठीक हुन्छ कि बाँच्दा ठीक हुन्छ भनेर सोधेकी थिइन् । त्यसक्रममा उनका ६९ प्रतिशत फलोअर्सले मर्दा ठीक हुन्छ...बाँकी
तपाईं हामीले बाल्यकालदेखि नै चन्द्रमाको बारेमा धेरै कथाहरु सुनेकै छौं । रुप फेरिरहने चम्किलो चन्द्रमाका कथाले हामी पुलकित हुन्थ्यौं । तर यो चम्किलो चन्द्रमा अहिले चाहिँ मुर्झाउँदै गएको छ । वैज्ञानिकहरुका अनुसार चन्द्रमा विस्तारै खुम्चिँदै गएको छ । नासाका अनुसार चन्द्रमाको सतहमा दरार देखापर्न थालेका छन् र आकार पनि कम...बाँकी
भारतको राजस्थानमा एक व्यक्तिको पेटबाट डाक्टरले ११६ वटा किला निकालेका छन् । साढे ६ इन्च लम्बाई भएका ११६ वटा फलामका किला डाक्टरले बिरामीको अप्रेशन गरेर निकालेका हुन् । राजस्थानको बुन्दी जिल्लाका ती व्यक्तिको पेटबाट किला सहित फलामका गोली र तार पनि निकालिएको छ । डाक्टर अनिल सैनीले दुई घण्टा लगाएर...बाँकी
भारतको उत्तर प्रदेशमा एक दुलहीले जन्ती फर्काएको खबर सार्वजनिक भएको छ । युवतीले जागरुकताको उदाहरण प्रस्तुत गरेर रक्सीले टिल्ल परेका दुलाहासँग विवाह गर्न अस्वीकार गरिन् अनि जन्ती फर्काइदिइन् । अनि बिहेमा आएका अर्कै युवकले दुलहीसँग विवाह गरेर वैवाहिक वातावरण धमिलिनबाट रोके । लोनी नामक स्थानमा मंगलवार दिल्लीको रोहिणीबाट जन्ती आएको...बाँकी
जलवायु परिवर्तनप्रति अमेरिकाले गैर जिम्मेवारपूर्ण टिप्पणी गरेको छ। जलवायु परिवर्तनले आर्कटिक क्षेत्रमा बरफ पग्लिन थालेपछि विश्वले चिन्ता व्यक्त गरिरहेको छ। अमेरिकाले बरफ पग्लिएको विषयमा हाँस्यास्पद प्रतिक्रिया जनाएको हो। अमेरिकाले जलवायु परिवर्तनलाई रोक्ने धारणा राख्नुको साटो उत्तरी ध्रुवको बरफ पग्लिए समुन्द्रमार्फत त्यस क्षेत्रमा व्यापारको बाटो खुल्ने बताएको छ। अमेरिकी प्रतिक्रियासँगै फिनल्यान्डमा...बाँकी