हेटौंडा ४ स्थित ओम्याक्स चलचित्र हलमा आज बिहान आगलागी भएको छ । आगलागी नियन्त्रण गर्न हेटौंडा उपमहानगरपालिकाको दमकल बोलाईएको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धि गुरुङले बताए । के कारणले आगलागी भएको हो खुल्न बाँकी रहेको उनले जानकारी दिए । ‘आगलागी नियन्त्रणको प्रयास भइरहेको छ’,उनले भने ।बाँकी
राम्री केटी देख्दा मन पग्लिनेहरुले ख्याल गर्नुपर्ने भएको छ, मीठो बोलेर ठगिएको चालै नपाइने हुन सक्छ । सेनाका एकजना भूपू जम्दार सुन्दरीबाट त्यसरी नै ठगिएपछि रुवाबासी गर्दै हिँडेका छन् । काभ्रे घर भएका भूपू जम्दार नरेन्द्र कार्की पहिला केटीको लोभमा परे । भेट भयो । खाजापानी चल्यो । त्यसबीचमा सुष्मिता...बाँकी
सरकारले जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग छलफल शुरु गरेको छ । सरकारी संयन्त्रमार्फत नै नेपाली कामदार पठाउने सवालमा जापानको सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले जनाएका छन् । ती अधिकारीका अनुसार यो विषयमा श्रम मन्त्रालयले जापानसँग चरणबद्ध रुपमा छलफल गरिरहेको छ ।...बाँकी
मुलुककै जेठो राजमार्ग त्रिभुवन राजपथमा यात्रा जोखिमयुक्त बन्दै गइरहेको छ । समयमै मर्मत नहुँदा सडकको खाल्डाखुल्डीले आउजाउ गर्न समस्या भइरहेको छ । धेरै ठाउँमा सडक भासिएका छन् । धेरै ठाउँमा साना सवारीका टायर नै पुरिने खाल्डा छन् । पिचको नामनिसानै छैन । ‘जेठो राजमार्ग सरकारको बेवास्ताको कारण जीर्ण बन्दै गइरहेको...बाँकी
राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो । अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको...बाँकी
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आज बुधबारबाट सुरु हुँदैछ । परीक्षामा मकवानपुरका २ हजार २९ जना विद्यार्थीले सहभागिता जनाउँदैछन् । डि ग्रेडभन्दा तल्लो ग्रेड ल्याउने विद्यार्थी मात्र परीक्षामा सहभागी हुनेछन् । परीक्षामा नियमिततर्फ एक हजार ९ सय २५ र एक्जाम्टेडतर्फ ३० जना र प्राविधिकतर्फ ७४ जना परीक्षार्थी सहभागी...बाँकी
गएराती पहिरो खसेपछि हेटौंडा–काठमाडौं छोटो मार्ग अवरुद्ध भएको छ । हेटौंडाबाट सिस्नेरी हुँदै दक्षिणकाली सडक र फाखेल हुमानेभन्ज्याङ हुँदै काठमाडौं जाने दुवै मार्गमा पहिरोले अवरोध गरेपछि हेटौंडा–काठमाडौंको छोटोमार्गमा सवारी आवागमनमा समस्या भएको हो । गएराती इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरी पहिरो गएपछि हेटौंडा–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक अवरुद्ध भएको हो भने । इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मीमा...बाँकी
जिल्ला पशुसेवा कार्यालय काठमाडौंका वरिष्ठ पशु चिकित्सक डा। गौरीमान श्रेष्ठ दिनहुँ कार्यालय जान्छन्, हाजिर गर्छन् र घर फर्किन्छन् । गर्छु भने पनि अहिले उनलाई कुनै काम नै छैन । नया आर्थिक वर्षदेखि जिल्ला पशुसेवा कार्यालयहरू खारेज भएपछि त्यहाँ कार्यरत कर्मचारीलाई सरकारले समायोजन गर्न नसक्दा कामविहीन भएका हुन् । ‘सधैँ कार्यालय...बाँकी