स्वास्थ्य र जीवनशैली

कोरोना संक्रमितलाई ट्याक्टर चढाएर अस्पताल पठाइयो

  धनकुटामा कोरोना संक्रमण पुष्टि भएको आठौं व्यक्तिलाई ट्याक्टरमा चढाएर अस्पताल पठाइएको छ। रोजगारीका लागि भारत गएर गत १३ गते आएका शहीदभूमि गाउँपालिका–७ का २७ वर्षीय ती युवालाई उपचारका लागि ट्याक्टरमा राखेर पठाइएको हो। शहिदभूमि गाउँपालिका–१ धापस्थित आदर्श माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेको ती युवाको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा...बाँकी

लकडाउन अवधिमा मुलुकभर ११ सयभन्दा बढीले गरे आत्महत्या

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभर लागू भएको लकडाउन ७४ दिन भएको छ। लकडाउन बढेसँगै विभिन्‍न आपराधिक घटनामा कमी आए पनि आत्महत्या गर्नेको संख्या भने विगत वर्षको तुलनामा बढेको पाइएकोछ। प्रहरी प्रधान कार्यालको २०७५ चैतदेखि २०७६ जेठको तथ्यांकअनुसार मुलुकभर ४ सय ८५ जनाले आत्म हत्या गरेका थिए। २५५ पुरुष,...बाँकी

शनिबार आधिकांश ठाँउमा वर्षाको सम्भावना

न्यून चापीय क्षेत्रको प्रभाबसँगै स्थानीय र पश्चिमी वायुको प्रभाबले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने मौसक पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् समिर श्रेष्ठका अनुसार, आज प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम...बाँकी

घुससहित वन उपभोक्ता समूहका दुई कोषाध्यक्ष पक्राउ

सिन्धुलीका दुईवटा वैज्ञानिक सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्षलाई घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा तीनपाटन गाउँपालिका १० स्थित जनकल्याण वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष मिनबहादुर घोले र सोही वडास्थित जनसेवा वैज्ञानिक वन व्यवस्थापन समुहका कोषाध्यक्ष तीर्थबहादुर रानालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।...बाँकी

सोती घटनामा थप सात पक्राउ

रुकुमः जातीय विभेदलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्नता आशंकामा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बिहीबार बेलुकी ९ बजे जिल्ला प्रहरीमा पुर्‍याइएको हो । पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४...बाँकी

विश्व वातावरण दिवशको अवसरमा हेटौंडा जेसिसले गरे वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा हेटौंडा जेसिसले वृक्षारोपण गरेको छ । हेटोंडा–२, सिचाइँ टोलस्थित मुक्तेश्वर मन्दिर परिसरमा धुपि, आँप, लिचि र कागतिका लागायतका ११ बिरुवा वृक्षारोपण गरिएको हेटौंडा जेसिसका अध्यक्ष राजदेव बनियाँले जानकारी दिनुभयो । ११ जना सदस्यहरुले १(१ विरुवा रोपिएको उहाँले बताउनुभयो । विश्व वातातरण दिवसका अवसरमा उहाँले आजका दिन...बाँकी

२६ नेपाली लिएर काठमाडौं आयो म्यानमार एयर फोर्सको विमान

म्यानमारमा अलपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन र अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएसँगै म्यानमारमा अलपत्र २६ जना नेपाली शुक्रबार स्वदेश फर्किएका हुन् । शुक्रबार बिहान उनीहरुलाई म्यानमारबाट म्यानमार एयर फोर्सको विमानले काठमाडौंसम्म ल्याइदिएको हो । म्यानमारबाट फर्किएकामध्ये वाग्मती प्रदेशका १७...बाँकी

१६८ जना नेपाली सारजाह विमानस्थलको बोर्डिङ कक्षमा उडान पर्खंदै

संयुक्त अरब इमिरेट्स (युएई) को सारजाह विमानस्थलको गेट नम्बर ७ मा १६८ जना नेपाली कामदार बोर्डिङ पास लिएर बसिरहेका छन् । उनीहरु अध्यामगन प्रक्रिया पूरा गरी ‘वेटिङ रुम’ मा पुगेका हुन् । जहाजको गेटमै पुगिसक्दा पनि एयर अरेबियाको उडान नम्बर १७५१ ले नेपाल आउन पाउने कि नपाउने भन्नै अझै निश्चित...बाँकी