काठमाडौँ — आज लकडाउनको ७२औं दिन । सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको छ ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी भए पनि उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । लामो...बाँकी
कोरोना भाइरस (कोभिड १९) विश्व नै त्रसित रहेको बेला मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिपकराज नेपालले लकडाउनको उलघंन गरेर बजार खोलिएमा प्रहरीले बन्द गरिने बताए । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो अवस्थामा रहेको छ । त्यस्तै मृत्यु हुनेको संख्या पनि बढ्दो अवस्थामा रहेको देखिन्छ । बुधबार हेटौँडामा उद्योग वाणिज्य संघको...बाँकी
भीमफेदी गाउँपालिकामा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या वृद्धि भएको पाइएको छ । भीमफेदीस्थित स्वास्थ्य केन्द्रमा हिजोआज सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य तथा परिवार नियोजन सेवा लिने सेवाग्राहीको संख्या वृद्धि भएको छ । लकडाउनका कारण बजारका ठूला अस्पतालसम्म पुग्न असजिलो हुने भएकाले यहाँका महिलाहरु सुरक्षित गर्भपतन तथा प्रजनन स्वास्थ्य सेवा...बाँकी
जाजरकोट : गत जेठ १० गते रुकुमको चौरजाहरी नगरपालिकास्थित सोतीका स्थानीयबासीको आक्रमणमा परेर बेपत्ता युवकको शव खोलामा फेला परेको छ। सोतीका स्थानीयले आक्रमण गरेपछि बेपत्तामध्ये अन्तिम युवक भेरी नगरपालिका-११ का १९ वर्षिय गोविन्द शाहीको शव त्यही नगरपालिका-१२ स्थित भेरी नदीको क्षेत्रमा मंगलबार साँझ फेला परेको हो। उनको शव भेरी कपडाले...बाँकी
डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया महिलाको मृत्यु भएको हो। मंगलबार राति शौचालय जाँदा बेहोस भएकी ती महिलाको लगत्तै मृत्यु भएको वडा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले जानकारी दिए। ‘हिजो राति शौचालय गएको बेला उहाँ बेहोस हुनु भएछ। उहाँ काप्दै...बाँकी
हेटौंडा ६ चौघडा बजारमा बा २ क ७११० नम्बरको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा–६ पुतली बाजरका अन्दाजी ४०÷४५ बर्षीय श्यामफुल बलामी रहेका छन् । गम्भीर घाइते भई उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता...बाँकी
संविधानसभाका सभासद अनन्त पौडेलको परिवारको विषयमा प्रचार गर्दै करिब ३२ सेकेन्टको भ्वाईस म्यासेज गरि अफवाह फैलाएको आरोपमा हेटौँडा उपमहानगरपालिका वडा नंबर १ रविन न्यौपानेलाई मकवानपुरको प्रहरीले पक्राउ गरेको छ । पौडेलको परिवारको सदस्यमा कोरोना संक्रमण भएपछि गलत मनासयले उनको विषयमा टिकाटिप्पणी गर्दै फेसबुकमा भ्वाईस म्यासेज मार्फत उनको परिवारको गोपनियता समेत...बाँकी
मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८...बाँकी