मकवानपुर प्रहरीले बलात्कार गरेको आरोपमा भिमफेदी गाँउपालिका वडा नम्बर १ का १८ वर्र्षीय सुमन वाईवालाई पक्राउ गरेको छ । वाईवाले मकवानपुरकै इन्द्रसरोबर गाउँपालिकाकी एक युवतीलाई छुरी देखाएर बलात्कार गरेको प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । पीडित युवतीले मंगलबार प्रहरीमा उजुरी दिएपछि वाईवा पक्राउ परेका हुन् ।...बाँकी
हेटौंडाः राक्सिराङ् गाउँपालिकाले थप ५० शैयाको क्वारेन्टाइन कक्ष तयारी अवस्थामा ल्याएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन् । बिदेशबाट आएका गाउँपालिकावासीहरुलाई राख्नका लागि वडा नम्बर ३ को सुर्योदय माविमा व्यवस्थित क्वारेन्टाइन कक्ष निर्माण गरिएको मल्लको भनाई छ । अध्यक्ष मल्लका अनुसार अहिले भारतबाट आएका १४ जनालाई क्वारेन्टाइनमा राखिएको छ...बाँकी
काभ्रे : खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाईते भएकामध्ये दुई जनाको मृत्यु भएको छ। आगलागीमा परेर घाईते भएका पाँच मध्ये दुईको मंगलबार किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाकाअनुसार मृत्यु हुनेमा २६ वर्षी रुकेश शाह ठकुरी र १६ वर्षीय आयुष शाह...बाँकी
सर्लाहीको ईश्वरपुरमा भएको टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् । मंगलबार राति ईश्वरपुर नगरपालिका-५ फुलजोरस्थित भित्रि सडक खण्डमा टिपर र ट्रयाक्टर आपसमा ठोकिँदा टिपरका सहचालक उदयपुको कटारी नगरपालिका-७ का २३ वर्षीय सुजन दनुवारको मुत्यु भएको हो । फलजोरबाट बयलवासतर्फ जाँदै गरेको ना ८ ख...बाँकी
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा रहेका अर्नाले नयाँ पुस्ता हुर्काउँदैछ । तीन वर्षअघि स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको अर्नाको संख्या बढ्न थालेपछि संरक्षणकर्मी खुसी छन् । संरक्षित जातिको रुपमा सुचिकृत अर्नाको स्थानान्तरणपछि चार वटा बच्चा जन्मिएका छन्। निकुञ्जभित्रको हरियालीमा माउसँगैको हुलमा रमाउन थालेका छन् । माउसँग अर्नाका पाडापाडी चर्छन्...बाँकी
वीरगन्ज : पर्सा जिल्लामा बुधबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार पर्साको कालीकामाइ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ र सखुवा प्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ गरी ६ जनामा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए । ती सबैजना भारतबाट गाउँ आएका हुन्।...बाँकी
काठमाडौं : चैत ११ गतेदेखि जारी लकडाउनको अवज्ञा हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्। लकडाउन अढाई महिना पुग्दै गर्दा जनजीवन संकटग्रस्त भएपछि अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे प्रधानमन्त्री ओलीले बुधबार विज्ञहरुसँग संवाद गर्ने भएका हुन्। प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे बालुवाटारमा...बाँकी
रुकुम पश्चिम — मुसीकोट नगरपालिका–१४ छिवाङ ज्युलामा रहेको अस्थायी प्रहरीचौकीमा मंगलबार तोडफोड भएको छ । १३ नम्बर वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले बेलुकी ८ बजेतिर आक्रमण गरेको हो । मंगलबार राति तोडफोड गरिएको रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१४ मा रहेको अस्थायी प्रहरी पोस्ट । तस्बिर स् हरि गौतम मोटरसाइकलमा आएका केसीले...बाँकी