स्वास्थ्य र जीवनशैली

अझै केही दिन मौसम खुल्दैन : पूर्वानुमान महाशाखा

नेपालमा हाल बदली अवस्थामा रहेको मौसम अझै केही दिन पूर्ण रुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले विगत केही दिनयता नेपालको मौसम बदली छ । विगत केही दिनदेखि ठाउँठाउँमा पानी पर्ने र घाम लाग्ने क्रम चलिरहेको छ । ‘पश्चिमी वायुको प्रभावको कारण सोमबार पनि दिउँसो र...बाँकी

सधैंको सीमा विवादभन्दा काँडेतार लगाऔं : माधव नेपाल

काठमाडौँ — नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार बिहानको छलफलमा उनले नेपालले अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको पनि बताए । उनले सबै खालका तथ्य र तर्कका...बाँकी

जोखिम भत्तामा ९० प्रतिशत स्वास्थ्यकर्मीलाई नसमेटिएकामा असन्तुष्टि

काठमाडौँ — स्वास्थ्यकर्मीहरूले सरकारद्वारा घोषित जोखिम भत्ता पाउने जनशक्तिमा देशभर अग्रपंक्तिमा खटिइरहेका धेरेजसो चिकित्सक, नर्स, प्राविधिक तथा सरसफाइ कर्मचारी नसमेटिएकामा असन्तुष्टि प्रकट गर्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । उनीहरूले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र सचिव यादव कोइरालालाई भेटी जोखिम भत्ता व्यवस्थापन आदेश–२०७७ ले देशभरका स्वास्थ्यकर्मीमध्ये १० प्रतिशतलाई मात्र समेट्ने र...बाँकी

विश्वविद्यालयमा अनलाइन कक्षा चलाउन ४७ करोड

 काठमाडौँ — विश्वविद्यालयहरुमा अनलाइन कक्षा सञ्चालन गर्न विश्वविद्यालय अनुदान आयोगले ४७ करोड रुपैयाँ खर्चने भएको छ । आयोगले अनलाइनमार्फत पठनपाठन गराउन विभिन्न शीर्षकमा ११ वटै विश्वविद्यालयमा उक्त रकम खर्च गर्न लागेको हो । विश्वभर फैलिएको कोरोना भाइरसले नेपालमा पारेको प्रभावबारे अध्ययन गर्न पनि विश्वविद्यालयहरुलाई ३ करोड रुपैयाँ छुट्टयाइएको छ ।...बाँकी

कपिलवस्तुका १५ जना संक्रमित नै भारतबाट फर्किएका

कपिलवस्तु — सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका कपिलवस्तुका १० जनामध्ये ८ जना एउटै वडाका रहेको खुलेको छ । सोमबार संक्रमण पुष्टि भएका ८ जना यशोधरा गाउँपालिका वडा नम्बर ५ का रहेका छन् । २० देखि ३४ वर्ष उमेर समूहका उनीहरु अनिरुद्ध पब्लिक माविको क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै बुद्धभूमि...बाँकी

सीमाबारे पहिला भारतसँग, त्यसपछि चीनसँग कुरा हुन्छ :  परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ — लिपुलेकमा भारतले सडक निर्माण गरेकोबारे तत्काल चीनसँग छलफल गर्न नहुने परराष्ट्रमन्त्रीले बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनसँग छलफल गर्नुपर्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका हुन् । नेपाल र भारतबीच सीमा समस्या समाधान गरेपछि चीनलाई समस्या समाधानमा लाग्नुपर्ने उनको...बाँकी

थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

 काठमाडौ‌ं : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना देखिएको हो। कपिलवस्तु यशोधरा गाउँपालिका...बाँकी

हुरीसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं : पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदली भइ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर केही दिनयतादेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभाव अझै सक्रिय...बाँकी