स्वास्थ्य र जीवनशैली

लागुऔषध सहित मकवानपुरका ४ जना पक्राउ

ईलाका प्रहरी कार्यालय देवही गोनाही रौतहटले लागुऔषध गाँजा ओसार्दै गरेको अवस्थामा मकवानपुरका ४ जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक मेदनी प्रसाद साहको नेतृत्व टोलीले चोकजाँच गर्ने क्रममा आज बिहान देवाही गोनाही नगरपालिका वडा नं. ८ गोनाही चोकमा मकवानपुर घर भएका ती चार जनाबाट २० केजी आगुऔषध गाँजा बरामद भएको...बाँकी

कोरोना जित्‍नेको संख्या २८३ पुग्यो

वीरगन्जको अस्पतालबाट कोरोना जितेर बिहीबार ५ जना घर फर्किएका छन् । गण्डकस्थित विशेष कोरोना अस्पतालबाट बिहीबार बिहान पर्साका ३ र बाराका २ गरी ५ जना निको भइ फर्किएका हुन् । यो सहित कोरोना जित्‍नेको संख्या २८३ पुगेको छ। पर्साको जिराभवानी गाउँपालिका ४ का २५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका ५ का...बाँकी

आईपास नेपालद्वारा स्वास्थ्य सामाग्री वितरण

लकडाउनको समयमा निरन्तर सुरक्षित गर्भतन सेवा प्रदान गरिरहेका मकवानपुरका विभिन्न स्वास्थ्य संस्था र अस्पताललाई आईपास नेपालले स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाले जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरमार्फत मकवापनुरका सुरक्षित गर्भतन सेवा प्रदान गरिरहेका विभिन्न १० वटा स्वास्थ्य संस्था, हेटौँडा अस्पताल र प्रदेश आपूर्ति केन्द्रलाई ५ लाख ५० हजार बराबरको स्वास्थ्य...बाँकी

नेपालमा कोरोनाको कारण मत्यु हुनेको संख्या ९ पुग्यो

कोरोनाको कारण मृत्यु हुनेको संखया ९ पुगेको छ । कोरोनाको कारण आज दोलखा निवासी ७६ वर्षीय बृद्धको मृत्यु संगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संखया ९ पुगको हो । सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जानकारी दिन गरेको नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । उनी जेठ १३ गते...बाँकी

विरोधपछि सरकारले कर तिर्ने अवधि बढायो

सरकारले कर तिर्ने समय बढाएर असार १५ गतेसम्म पुर्‍याएको छ । जेठ २५ गतेसम्म कर भुक्तानी गर्नुपर्ने सरकारी निर्णयको विरोध भएपछि आन्तरिक राजस्व विभागले शीर्षकअनुसार असार ७ देखि १५ गतेसम्म समय थपेको हो । ‘जेठ २५ गतेसम्म सीमा बढाएका छौं,’ विभाग उपमहानिर्देशक मुक्ति पाण्डेले भने, ‘विभागले तोकेको समय सीमाभित्र शुल्क...बाँकी

कोरोना संक्रमित २ हजार ३ सय पुग्यो

हेटौंडाः पछिल्लो २४ घन्टामा नेपालमा २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । बुधबार नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।बाँकी

भोलिबाट ३ दिन लगातार पानी पर्ने सम्भावना

अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा भोलि (बिहीबार) देखि वर्षा हुने मौसमविद्ले बताएका छन् । चक्रवातको प्रभाव आज दिउँसोबाटै देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । दक्षिण–पूर्वी अरब सागरमा रहेको न्यून चापीय क्षेत्र उत्तरतर्फ सरिरहेको र यसको अप्रत्यक्ष...बाँकी

दाङका एक जना कोरोना संक्रमितलाई निमोनिया, अवस्था चिन्ताजनक

रुपन्देही — कोरोना संक्रमित एक युवालाई निमोनिया भएपछि अवस्था चिन्ताजनक भएको छ । जेठ १७ गतेदेखि दाङको बेलझुण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका दाङको बबई गाउँपालिका–६ का ३० वर्षीय कोरोना संक्रमित पुरुषमा निमोनिया देखिएको बुटवल कोरोना अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताए । उनलाई बेलझुण्डीबाट मंगलबार बुटवलस्थित कोरोना अस्पताल...बाँकी