स्वास्थ्य र जीवनशैली

तथ्याङ्क राख्दै परिक्षण गदै कैलाश गाउँपालिका

नामटार : मकवानपुरको कैलाश गाउँपालिकाले विदेशबाट आएका व्यक्ती र उनको परिवार सहित स्थानीयलाई निगरानीमा राखेको छ । गाउँपालिकाले स्थास्थ्य चौकीहरुमा ज्वरो, सुख्खा खोकी लगायत कोरोना भाइरस सँग सम्बन्धित लक्षणहरु देखा पर्न सक्ने भन्दै निगरानी बढाएको पालिका अध्यक्ष टंक मोक्तानले बताएका छन् । अध्यक्ष मोक्तानले शनिबार नामटार स्वास्थ्य चौकीमा फिवर गन...बाँकी

नेपाल रेडक्रस फापरबारीले गर्यो माक्स र साबुन वितरण

हेटौंडा : कोरोना बिशेष सचेतना र सतर्कता रहनको लागि नेपाल रेडक्रस फापरबारी मकवानपुरका सभापति इन्द्रमणी तिमल्सिना (केशव)को आयोजनामा चलाइएको अभियानले बागमती गाउपालिका (३ का वडाध्यक्ष बल बहादुर पाख्रिनको रोहवरमा मास र साबुन वितरण गरिएको छ। बागमती गाउपालिका (३ का कुटिभकारी , चिहाने, घट्टदमार माझीटोल लगायतका गाउँबस्तीहरुमा गरिएको माक्स र साबुन...बाँकी

लकडाउनको असर : उपचार नपाएर अस्पतालमै छटपटाउँदै विरामी

वीरगन्ज : धारामा चिप्लिएर लडेपछि बायाँ हात भाँचिएका वीरगन्ज इनर्वाका राजन राम उपचार नपाएर १० दिनदेखि नारायणी अस्पतालको बेडमा छटपटाइ रहेका छन्। शनिबार अस्पतालको बेड नम्बर ११२ मा भेटिएका राजनले अन्‍नपूर्ण अनलाइनसँग भने डाक्टरले अप्रेशन गरेर हातभित्र स्टिल रड हाल्नुपर्छ भनेका छन् , तर नर्सले लकडाउन नखुलेसम्म अप्रेशन हुँदैन घर...बाँकी

नेपालमै रहेकालाई पहिलो पटक कोरोना संक्रमण

 काठमाडौं : नेपालमा पहिलो पटक कोरोना भाइरसबाट नेपालमै बसिरहेका व्यक्ति पनि संक्रमित भएका छन्। यसअघि संक्रमित ६ जना विदेशबाट आएका मात्रै थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि मार्च १९ मा दुबईबाट भारतको नयाँ दिल्ली हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकका भाउजु नाताकी महिलामा कोरोना संक्रमण देखिएको हो। नेपालमै रहेकालाई...बाँकी

कोरोना नियन्त्रणमा के गर्दै छन् राजधानीका नगरपालिका ?

कोरोना संक्रमण नियन्त्रण गर्न काठमाडौंका सबै स्थानीय तहले सक्रियता बढाएका छन् । काठमाडौंका १० वटै नगरपालिकाले कोरोनाको रोकथाम र संक्रमण फैलिन नदिन भाइरस निष्क्रिय बनाउने डिसइन्फेक्ट स्प्रे छर्किन थालेका छन् । लगभग सबै नगरले आइसोलेसन बेड र क्वारेन्टाइनको व्यवस्था गरिसकेको जनाएका छन् । नगरपालिकाहरूले विदेशबाट आएकाको र विपन्न तथा ज्याला...बाँकी

संक्रमितलाई भेटेको १२ दिनपछि देखियो आफन्तमा कोरोनाको संक्रमण

धनगढी — हालसम्म विदेशबाट आएकाहरुमा मात्रै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएकोमा विदेशबाट आएका संक्रमितको परिवारका सदस्यलाई सरेको पहिलो केस धनगढीमा फेला परेको छ । दुबईबाट फर्किएका धनगढीका एक ३४ वर्षीय युवालाई यसअघि नै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। फर्किएदेखि घरमै बसेका युवाको एक आफन्त महिलामा पनि संक्रमण...बाँकी

एम्बुलेन्स चालकको स्वास्थ्य र सुरक्षा ओझेलमा

कोरोना भाइरसका कारण एम्बुलेन्सचालक र कर्मचारीको व्यस्तता बढेको छ । बिरामीलाई अस्पताल ओसार्न उनीहरू अहोरात्र खटिएका छन् । तर, बिरामीसँगको प्रत्यक्ष सम्पर्कका कारण संक्रमणको उच्च जोखिममा रहने उनीहरूको सुरक्षा–प्रबन्ध भने फितलो छ । भक्तपुर अस्पतालका एम्बुलेन्सचालक कृष्णराम कोजू बिरामी तथा बिरामीका नमुना परीक्षणका लागि टेकु अस्पताल पुर्‍याउँछन् । राजधानी र राजधानीबाहिरका अस्पतालसम्म बिरामी बोक्छन् ।...बाँकी

थप तीनजनामा कोरोना संक्रमण : स्वास्थ्य मन्त्रालय

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना विरामी फैला परेको बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारीअनुसार तीनैजना धनगढीका हुन् । संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिला रहेको मन्त्रालयको...बाँकी