पत्र पत्रिकावाट

दसैँको मुखमा सरकारले बढायो गाडीभाडा, कुन स्थानमा जान कति भाडा ?

सरकारले यातायात व्यवासायीसँग सौदाबाजी गरेर दसैँको सवारीसाधनमा ९० प्रतिशत भाडा बढाएको छ । सरकारले आफैँले खारेज गरेको भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग चारबुँदे सम्झौता गरी भाडा बढाएको हो । सरकारले केही महिनाअघि सिन्डिकेट अन्त्य भएको घोषणा गरी यातायात समितिहरु खारेज भएको जनाएको थियो । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले...बाँकी

स्थानीय पत्रपत्रिकाः मानव निर्मित यसियाकै पहिलो सुरुङ जोगाउन चासो

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । सरकारविरुद्ध महिला र विद्यार्थीको हेटौंडामा प्रदर्शन, गाँजा खेती नष्ट गर्न घरघरमा पम्प्लेट वितरणm सम्पदा जोगाउन बजेट विनियोजन, हेटौंडामा तयार भयो बहुद्देश्यीय कभर्ड हल, मझुवा खानी सञ्चालनमालगायतका समाचारलाई आजका दैनिक पत्रिकाले प्रमुखताका साथ छापेका छन् ।...बाँकी

फेसबुक लफडाः पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी

सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलार्य प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काईदिएका हुन् । आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफुलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको हो...बाँकी

खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । त दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ । सो क्षेत्रका प्रदेश सांसद ईन्द्रजित थारुले बर्षौँदेखि कोईलाबासकाा स्थानीयले भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएका छन्। बेलाबेलामा भारतीइ...बाँकी

सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास

काठमाडौं - उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उदेश्यले बर्सेनी दशैंअघि ग्यास अभावको सिर्जना गर्ने गरेका छन् । यसपटक पनि साताअघि पत्रकार सम्मेलन गरी ग्यास उद्योग संघले ग्यास ढुवानी गर्ने बुलेटको भाडादर नबढाए आपूर्तिमा समस्या हुने बताएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छ । तत्काल भारतीय बुलेटधनीको मागअनुसार भाडादर...बाँकी

अराजक बजार, निरीह सरकार : दसैँको मुखैमा बढायो गाडी भाडा

गत ४ वैशाखमा सरकारले सम्पुर्ण यातयात समिति खारेज भएको घोषणा गर्दै साउनदेखि कुने पनि समिति नवीकरण नहुने पनि स्पष्ट पारेको थियो । तर, खारेज भईसकेको यातायात व्यवासयी राष्ट्रिय महासंघ वार्तामा बसेर उसैको मागअनुसार सरकारले दसैँको मुखैमा यातायातमा भाडा वृद्धि गरेको छ । यातायात मन्त्रालय र महासंघका प्रतिनिधिबीच शनिबार भएको वार्तामा...बाँकी

स्थानीय पत्रपत्रिकाः मृत्यु भइसकेकालाई मृत घोषित नगर्न बाबाले अस्पताललाई दबाब दिएको रहस्योद्घाटन

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । प्राकृतिक स्रोतमा व्यक्तिको हालीमुहाली अन्त्य, टिष्टुङ महोत्सव सफल पार्न व्यवसायी कस्सिए, महिला संघले आज देशैभर प्रदर्शन गर्नेलगायत शीर्षकका समाचार आजका दैनिक पत्रिकाले पहिलो पृष्ठमा छापेका छन् । सावित्रीको मृत्यु अस्पताल पु¥याउनुअघि ओम बाबा आश्रममा असोज...बाँकी

नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् । नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज,...बाँकी