पत्र पत्रिकावाट

पूर्वराजदूतको हत्या र सांसदलाई धम्कीको घटना रहस्यमय

पूर्वराजदूत केशवराज झाको घरभित्रै बीभत्स हत्या भएको १५ दिन भएको छ । प्रहरीले उनका तीन कामदारलाई १५ दिनदेखि थुनामा राखेर अनुसन्धान गरिरहेको, तर हत्या गर्नेहरू कसरी घरभित्र छिरे भन्ने नै अहिलेसम्म प्रहरीले पत्तो लगाउन सकेको छैन । गत ४ भदौमा बबरमहलस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा चक्कुले टाउको र घाँटीमा आक्रमण...बाँकी

अब प्रदेशबाटै ‘स्मार्ट लाईसेन्स’

सवारी चालक अनुमतिपत्र (स्मार्ट लाईसेन्स) अव प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाईसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्धार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको कामसमेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुुरु गरेको हो । प्रदेशबाट लाईसेन्स बाँड्ने...बाँकी

नेपाली पासपोर्टमा तिब्बती राष्ट्रियता !

परराष्ट्र मन्त्रालयबाट जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक परेपछि गजुरी १ की मुक्तिकला लामिछाने तनावममा परेकी छन् । राहदानीमा उनको ठेगाना गजुरी बजार १, डोटी उल्लेख छ, भने राष्ट्रियतामा तिब्बतीयन छ । राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ । अर्को पानामा नम मोत्तिकला उल्लेख छ ।...बाँकी

स्थानीय पत्रपत्रिकाः प्रदेशसभामा स्थायी राजधानीबारे चासो

हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज ३ नम्बर प्रदेशसभामा सोमबार भएका गतिविधिलाई प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले प्रदेशसभामा बलात्कारीलाई कारबाहीदेखि स्थायी राजधानीको बारेमा प्रदेश सांसदले आवाज उठाएको प्रसङ्गलाई छापेको छ । दिनहुँजसो भइरहेको बलात्कारको घटनामा संलग्नलाई कडा काराबाही गर्न सरकारसँग सांसदहरुले माग गरेका छन् । त्यसैगरी...बाँकी

चीनले गर्‍यो एक हजार मेगावाट विद्युत् किन्ने प्रस्ताव

चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत् किन्ने प्रस्ताव गरेको छ । चीनको बेइजिङमा भएको नेपाल–चीन जोड्ने ४ सय केभीको गल्छी–रसुवागढी–केरुङ अन्तरदेशीय प्रसारणलाइन आयोजनाको कार्यान्वयनका लागि गठित संयुक्त प्राविधिक समूहको पहिलो बैठकमा चिनियाँ पक्षले यस्तो प्रस्ताव गरेको हो ।  टोलीका सदस्य एवं अन्तरदेशीय प्रसारण लाइन आयोजनाको नेपालतर्फका प्रमुख कोमल...बाँकी

आफ्नै साथीको बाबुबाट बलात्कृत !

संगै पढ्ने साथीका बुबाबाट १४ बर्षे किशोरी बलात्कृत भएकी छिन् । एसपी विनोद घिमिरेका अनुसार घोडाघोडी नगरपालिका ६ की ती किशोरीलाई गत बुधबार हर्कबहादुर कुवरले राति घरमा कोही नभएको बेला पछयौराले मुख र हात बाँधेर बलात्कार गरेका हुन् । स्थानीयले गाउँमै मिलाउन खोजेका रहेछन् । सहमति नभएपछि प्रहरीसमक्ष खबर आएको...बाँकी

अब बहुविवाह गर्दा पनि जागिर चाहिँ नजाने !

सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामति सेवासम्बन्धी विधेयक बनायो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठायो पनि । मन्त्रिपरिषदमा पठाउँदा एउटा प्रावधान भने चलाखीपुर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान । मन्त्रिपरिषदमा पठाउनु अघिसम्म प्रस्तावित विधेयककमो सेवाबाट हटाउने वा बर्खास्त गर्ने...बाँकी

अनुमतिबिना भुक्तानी सेवा दिए १० वर्ष जेल

केन्द्रीय बैकको अनुमतिबिना भुक्तानी प्रणाली सञ्चालन गरे १० वर्ष जेल सजाय भोग्नुपर्ने व्यवस्था हुन लागेको छ । केही दिनअघि व्यवस्थापिका–संसदमा दर्ता भएको भुक्तानी तथा फस्यौट विधेयकमा उक्त व्यवस्था छ। कुनै भुक्तानी उपकरणको माध्यमबाट सेवाग्राही, संस्था वा बैकबीच हुने जनसुकै प्रकारको भुक्तानी दाबी वा दायित्वको भुक्तानी फस्यौट गरिने कार्य प्रणाली भुक्तानी...बाँकी