पत्र पत्रिकावाट

स्वकीय सचिवको तलव पनि आफ्नै खल्तीमा हाल्छन् यी सांसद

काठमाडौँ — रूपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित भए । त्यही महिनादेखि संसद् सचिवालयले उपसचिवस्तरका स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एकजनाको तलबभत्ता एभरेस्ट बैंकस्थित उनको खातामा मासिक पठाइरह्यो । दुई साताअघि कान्तिपुरले सचिवालय स्रोतबाट प्राप्त गरेको विवरणअनुसार उनले स्वकीय सचिव,...बाँकी

निलम्बित एस्पी विष्टले किन लेखे यस्तो भावुक स्टाटस

डोटी – कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जागिर नै बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी ढिल्ल्ीराज विष्टले हिजोआज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना पीडा पोख्न थाल्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै विष्टले सत्य इमानदारिताका पक्षमा...बाँकी

वायु प्रदूषणकै कारण काठमाडौंमा वर्षेनि १० हजारले गुमाउँछन् ज्यान

काठमाडौं — वायुलगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ। सवारीसधानले फालेको धुवाँ, साडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ। तर, वायु प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको रकम प्रयोगमा आउन सकेको छैन। सरकारले पेट्रोलियम पदार्थबाट डिजेल र पेट्रोल प्रयोग गरेबापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा...बाँकी

स्थानीय पत्रपत्रिकाः वडा अध्यक्षलाई मोटरसाइकल, निल्नु न ओकल्नु

३ न्म्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विष्यालाई प्रमुखताका साथ छापेका छन् । आजको समृद्ध समाज दैनिकले हेटौंडा उपमहानगरको १९ वटा वडाका अध्यक्षको लागि मोटरसाइकल सुविधा निल्नु न ओकल्न भएको समाचार छापेको छ । वडा अध्यक्षको लागि भन्दै १७ वटा मोटरसाइकल आइसकेको छ । उक्त मोटरसाइकल...बाँकी

दुवै सन्तान बौद्धिक अपाङ्ग, परिवारले पाएन साहारा

हेटौैंडा– उनी बोल्न सक्दिनन्, उमेरअनुसारको शारीरिक विकास पनि भएको छैन, उनको व्यवहार पनि सामान्य मानिसको भन्दा फरक छ । एउटा अँध्यारो कोठाभित्र रातदिन काट्नु उनको नियती बनको छ । वर्षौँदेखि कोठाभित्रै थुनिएर एउटा अँध्यारो जीवन गुजारिरहेकी उनी हुन् हेटौंडा–९ की २२ वर्षीया रचना अधिकारी । जन्मजातै छोरी सुस्तमनस्थिति भएपछि उनका...बाँकी

जहाँ ढोकामा नुनको पोको झुन्ड्याएर उपचार गरिन्छ

सिर्दीबास (गोरखा) - पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ। धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र...बाँकी

बैठकमा बादललाई घन्टी बजाउने जिम्मा

काठमाडौं — नेकपाको स्थायी समिति बैठकको सूरुवात अध्यक्ष केपी ओली र सञ्चालन महासचिव विष्णु पौडेलले गरेका छन् । बैठकमा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भने घन्टी बजाउने जिम्मेवारी दिइएको छ । व्यवस्थित बैठक सञ्चालनका क्रममा पौडेलले प्रतिवेदनमाथि सुझाब राख्ने नेताहरुको रोलक्रमअनुसार नाम बोलाउने र धारणा राख्ने नेताहरुको समय सकिएपछि बादले...बाँकी

स्थानीय पत्रपत्रिकाः इन्द्र बानियाँ धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा उभिए

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो पहिलो प्राथमिकताका साथ छापेका छन् । हेटौंडाबाट निस्कने ५ वटा दैनिक पत्रिकामध्ये हामीलाई ४ वटा पत्रिका प्राप्त भएको छ । पत्रिकाले नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर...बाँकी