पत्र पत्रिकावाट

प्रदेशका ९ अस्पतालको अध्यक्ष तोकियो, हेटौंडा अस्पतालमा पुनः प्रकाश

हेटौंडा–३ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले आफू मातहतमा रहेका ९ वटा जिल्ला अस्पतालमा व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेको छ । गत कात्तिक ३० गतेको मन्त्रिपरिषद्ले पारित गरेको अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशिकाबमोजिम मन्त्रालयले अध्यक्ष नियुक्त गरेको हो । पारित निर्देशिकामा सामाजिक क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई मन्त्रालयले अस्पताल व्यवस्थापन समितिको अध्यक्ष...बाँकी

पूर्वलडाकुले बनाए बंकरमाथि चिया बगान

बनेपा — मर्दनसिंह लामा पूर्वलडाकु हुन्। उनी भूमिगत नाम प्रेमले परिचित थिए। माओवादी युद्धकालमा उनी आफ्ना कमरेडहरूसहित कामीडाँडामा फौजी तालिम गर्थे।युद्ध सकिएपछि उनले बन्दुक बिसाएर कोदाली उठाएका छन्। अहिले उनी चिया खेती गर्छन्। काभ्रेको बेथानचोक गाउँपालिका–५ मा पर्छ कामीडाँडा। द्वन्द्वकालमा यो ठाउँ माओवादीको आधारइलाका थियो। धेरै पटक नेपाली राजनीतिलाई प्रभावित...बाँकी

प्रदेश सरकारसँग छलफलमा बेलायती राजदूत

मकवानपुर- नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले प्रदेश सरकार र सरोकारवालासँगको भेटलाई तीव्रता दिएका छन् । प्रदेश ३ को राजधानी हेटौंडा पुगेर उनले बिहीबार बिहान प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग भेट गरेका थिए । त्यसअघि बुधबारै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, जिल्ला समन्वय समिति मकवानपुर, हेटौंडा उपमहानगरपालिकासँगै मध्य...बाँकी

मेटासिट बोकेर पूवलडाकु मन्त्री निवास पुगेपछि..

काठमाडौँ – सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ ।...बाँकी

देउवा र पौडेलबीच चर्काचर्की

काँग्रेसभित्र असमझदारी बढ्दै गएको छ । केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा सभापति र बरिष्ठ नेताबीच बिवाद बढेको हो । महासमिति बैठकको पूर्वसन्ध्यामा भएको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रैस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बिहीबार चर्काचर्की परेको छ । महासमिति बैठक शनिबार सुरु हुँदैछ । बैठकमा पोडेलले संघ, प्रदेश र...बाँकी

साना किसानका सबै ऋण मिनाहा

साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ । तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो । ऋण मिनाहाबाट ६ सयदेखि सात सय परिवार लाभान्वित हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।  आजको अन्नपूर्ण पोस्ट्...बाँकी

स्थानीय पत्रपत्रिकाः गोरुसँगै गाई पनि तस्करी

आज हेटौंडाबाट प्रकाशित दैनकि पत्रिकाले गोरुसँगै गाई पनि हेटौंडा हुँदै बंगलादेशसम्म पुग्ने गरेको रहस्य सार्वजनिक भएको, सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्नेमा महिला नै बढी, हाँडीखोलामा क्रिष्टियनहरुको खुलेआम धर्म प्रचार, प्रदेश मुख्यमन्त्री र बेलायती राजदूतबीचको भेटवार्तालगायतको समाचार प्रमुख प्राथमिकताका साथ छापिएका छन् । आजको साझाकुरा दैनिकले बंगलादेशतर्फ गोरुसँगै गाई पनि तस्करी...बाँकी

निजी विद्यालयलाई अंकुश लगाउँदै सरकार

काठमाडौँ – सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले तयार गरेको प्रतिवेदनमा निजी विद्यालयसँग सम्बन्धित आधा दर्जनभन्दा बढी विषयमा अंकुश लगाउने व्यवस्था गरिएको छ । निजी विद्यालयको छाता संगठन प्याब्सन र...बाँकी