पत्र पत्रिकावाट

कांग्रेस आफैंभित्र जुध्दै ठिक्क

काठमाडौँ — ‘कम्युनिस्टहरू फुट्लान् र कांग्रेसको पालो आउला भनेर पर्खाइमा बस्ने कि योजना र कार्यक्रम लिएर जनतामाझ जाने ?’ कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले गत आइतबार केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवातिर संकेत गर्दै भनेका थिए, ‘न प्रतिपक्षीय भूमिकामा कांग्रेस प्रभावी छ न कुनै योजना र गन्तव्य ।’  सिटौलाले देउवाकै सामुन्ने भने तर हाकाहाकी...बाँकी

दशैं खर्च माग्न पुगेका राउटेले भेट्न पाएनन् प्रधानमन्त्री

काठमडौं–प्रधानमन्त्रीलाई भेटी दशैं खर्च माग्न पाँच दिनअघि राजधानी पुगेका राउटेले भेट नपाएपछि शनिबार आज फर्कँदैछन् । सुर्खेतबाट काडठमाडौं पुगेका चार जना राउटेहरु गत वर्ष जसरी भेट नपाउँदा निराश भएर फर्किन लागेका हुन् । राउटेहरुसँगै आएकी राउटे लोपोन्मुख सिमान्त वर्ग उत्थान प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी खड्काले प्रधानमन्त्री कार्यालयका सचिवले समेत भेट नदिएको...बाँकी

स्थानीय पत्रपत्रिकाः थाहा महोत्सवमा अष्ट्रिज र उँटको नाँच, दशैं लागेसँगै ठगिन थाले यात्रु

आज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई आफ्नो प्रमुख समाचार बनाएर छापेका छन् । आजको साझाकुरा दैनिकले मकवानपुरको थाहा नगरपालिकामा हुन लागेको थाहा महोत्सवमा अष्ट्रिच र उँटको नृत्य हेर्न पाइने समाचार छापेको छ । आगामी कात्तिक १० गतेदेखि १८ गतेसम्म हुन लागेको महोत्सवमा तालिम प्राप्त अष्ट्रिच र उँटले गीत...बाँकी

ज्ञानेन्द्र शाहले शुभेच्छुकलाई टीका लगाइदिने

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले यस बर्ष सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । गत बर्ष सर्वसाधारणलाई टीका नलगाइदिएका ज्ञानेन्द्रले यो बर्ष विजयादशमीको दिन दिउँसो ३ बजेदेखि टीका लगाइदिने भएका हुन् । निर्मलनिवासमा ११ बजेर ३७ मिनेटमा टीकाको साइत जुराइएको छ । पूर्वराजा ज्ञानेन्द्रले आमा रत्नको हातबाट टीका ग्रहण गरेपछि निर्मल...बाँकी

चुनाव लड्न किन हच्किए गौतम !

नेकपाका नेता बामदेव गौतम काठमाडौं–७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौत्मले काठमाडौं–७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टी उत्पन्न भएको थियो । पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनका निकट नेता भोजबिक्रम मगरले दिए । ‘पार्टीभित्रैबाट असहयोग...बाँकी

जन्मदिनमा बोलाएर १३ बर्षीया बालिकामाथि सामूहिक बलात्कार

मोरङ - पथरीशनिश्चरे नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रहरीको  प्रारम्भिक अनुसन्धानमा देखिएको समाचार आजको कान्तिपुरमा छापिएको छ । प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको...बाँकी

स्थानीय पत्रपत्रिकाः निजीसँग प्रतिस्पर्धामा सरकारी उद्योग, प्रहरीको भूमिका प्रति मुख्यमन्त्री सकारात्मक

हेटौंडाबाट आज प्रकाशित पत्रिकाले ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले ६३ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गरेको विषयलाई प्रमुखताका साथ समाचार बनाएर छापेका छन् । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडामा आयोजित समारोहमा मुख्यमन्त्रीले प्रहरीको भूमिका सकारात्मक रहेको भन्दै सन्तुष्टी व्यक्त गरे । प्रहरीलाई अझ स्रोत साधनयुक्त र...बाँकी

पाँच लाख घुससहित सहन्यायाधिवक्ता पक्राउ

उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन् । ठगी मुद्धाका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने सर्तम ५ लाख रुपैयाँ घुस लिँदालिँदै उनी समातिएका हुन् । घुस रकम लिएको सुचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयबाट खटिएका कर्मचारीसहितको टोलीले थापालाई कार्यालयबाटै पक्रिएको हो । थापा समातिँदा...बाँकी