विश्व

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

विश्वमा कोरोना संक्रमणको महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख १ हजार ६०७ जना पुगेको हो। संसारभर ६९ लाख ६६ हजार ४१२ जना कोरोना भाइरसबाट संक्रमित छन्। त्यस्तै अहिलेसम्म विश्वभर ३४ लाख ४ हजार ४१५ जना ठिक भएका छन्। अमेरिकामा १९...बाँकी

चीनले नाप्यो सगरमाथाको उचाई

काठमाडौं :  चीनले सर्वोच्च शिखर सगरमाथाको उचाई पुनस्मापन गरेको छ। प्राविधिकहरूको आठ सदस्यीय आरोहण बुधबार सगरमाथाको चुचुरोमा पुगेर आवश्यक तथ्यांक संकलन गरेको हो। नेपाल र चीनबीचको छलफलपछि मात्रै उचाईको घोषणा मिति तय गरिने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। उचाई मापनकै क्रममा नेपाली टोली पनि गत वर्ष सगरमाथाको चुचुरोमा पुगेको...बाँकी

कोरोना संक्रमण फैलिनुमा भारत दोषि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस कोभिड १९ को महामारी फैलिनुमा छिमेकी मुलुक भारत दोषि रहेको वताउनु भयो । विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने भए पनि भारतबाट फर्किनेहरुको परीक्षण नभएको र विश्व स्वास्थ्य संगठनको नियमको पालना नभएकाले मुलुकमा संक्रमणको दर बढेको...बाँकी

चिनमा पहिलो पटक कोरोना संक्रमण शुन्य

बेइजिङ — चीनमा गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण देखिएको छैन । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाले विश्वव्यापी महामारीको रुप लिँदै हजारौंको ज्यान...बाँकी

साउदी अरबमा १३ सय ६४ नेपालीमा संक्रमण, ७ जनाको मृत्यु

काठमाडौं  : साउदी अरबमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या एक हजार ३ सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन्। सङ्क्रमितमध्ये १७ जना महिला रहेका छन्। संक्रमित नेपालीमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना, अन्य क्षेत्रमा ३ जना छन् । त्यस्तै जेद्दा १७६,...बाँकी

कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

 देवेन्द्र भट्टराई कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकाय र व्यक्तिलाई बसोबासको तिरो तिरेको रसिद राष्ट्रिय अभिलेखालयमा सुरक्षित पाइएको छ । भूमिसुधार मन्त्रालयले फेला पारेको ‘लगत’ केही वर्षअघि अभिलेखालयलाई बुझाइएको थियो । खोजीका क्रममा ८१ वर्ष पुरानो लगत आधारको तिरो रसिद प्राप्त भएको हो । राष्ट्रिय अभिलेखालयमा भेटिएको ८१ वर्षअघि...बाँकी

अमेरिकामा ८० हजार भन्दा धेरैको ज्यान गयो, झण्डै साढे १४ लाख संक्रमित

 काठमाडौं : अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यन गुमाउनेको संख्या ८० हजार नाघेको छ। पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ८० हजार ३० जनाको ज्यान गएको छ। २४ घण्टामा एक हजार चार सय २१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन्। अमेरिकामा १२ लाख ४७ हजार १ सय २५जनामा संक्रमण देखिएको छ। त्यहाँ...बाँकी

भारतको गोवामा रोकिए ५० हजार नेपाली, अधिकांश अलपत्र

 दाङ : भारतको गोवामा हजारौँ नेपालीहरु लामो समयदेखी लकडाउन हुँदा अलपत्र परेको बताएका छन्। गोवाको विभिन्न ठाउँमा करिब ५० हजार नेपालीहरु रहेको र काम बन्द हुँदा अधिकांश विचल्लीमा परेको उनीहरूले बताएका छन्‌। लकडाउनका कारण गोवामा रहेका नेपालीहरूले निकै समस्या खेपिरहेका बुटवलका अमृत मगरले बताए। उनका अनुसार लकडाउन भएदेखि काम नपाउँदा...बाँकी