विश्व

मेक्सिकोमा दुर्घटना हुँदा १२ जनाको मृत्यु

 मेक्सिकोको पूर्वी भागमा बुधवार एउटा ट्रक र तीर्थयात्रु बोकेको बस ठोक्किँदा कम्तीमा २१ जना मारिएको अधिकारीहरूले जनाएका छन् । तीस अन्य घाइते भएका छन् । अधिकांश पीडितहरू चियापासस्थित क्याथोलिक तीर्थस्थलमा बस्थे र राजधानी मेक्सिको सिटीबाट फर्किरहेका थिए । त्यहाँ उनी भर्जिन अफ गुआडालुपलाई प्रार्थना गरेर फर्किंदैथिए । फोरेन्सिक विज्ञहरूले बसबाट...बाँकी

म्यान्मार द्वन्द्व: रखाइन प्रान्तमा सेनाले फेरि ‘युद्ध अपराध’ गरेको एमनेस्टीको आरोप

म्यान्मारको रखाइन प्रान्तमा सेनाले जातीय समूहविरुद्ध दमन गरिरहेको आरोप मानवाधिकारवादी संस्था एमनेस्टी इन्टरन्याश्नलले जनाएको छ। हालै सार्वजनिक गरिएको एउटा प्रतिवेदनमा बौद्धमार्गी छापामार समूहमाथि भइरहेको कारबाहीका क्रममा सेनाले गैरन्यायिक हत्या गरेको तथा यातना दिएको र मनोमानी ढङ्गले मानिसहरूलाई पक्राउ गरेको उल्लेख छ। सेनाले गरेको गतिविधिलाई एमनेस्टीले युद्ध अपराधको सङ्ज्ञा दिएको छ।...बाँकी

इमरानलाई मोदीले शपथ ग्रहणमा नबोलाउँदा पाकिस्तानमा चर्को बहस

लोकसभा चुनावमा प्रचण्ड बहुमत हासिल गरेपछि नरेन्द्र मोदी ३० मे मा लगातार दोस्रो पटक प्रधानमन्त्री पदको शपथ लिनेछन् । बिहिबार बेलुकी राष्ट्रपति भवनमा शपथ ग्रहण समारोहको आयोजना गरिनेछ जसमा आठ हजार पाहुनाको उपस्थिती हुने बताइएको छ । कुनै प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा यति ठूलो संख्यामा मानिसको उपस्थिती यो पहिलो हो  ।...बाँकी

१२ औं एक दिवसिय क्रिकेट विश्वकपमा आज इङ्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

बिहिबारबाट सुरू हुने १२ औं एक दिवसिय क्रिकेट विश्वकपको बुधबार लण्डनमा उद्घाटन गरिएको छ। प्रतियोगिताको लण्डन मल बाहिर उद्घाटन भएको हो। यसअघि प्रतियोगिताको उद्घाटन रंगशालामा हुने गरेकोमा पहिलो पटक प्रतियोगिताको उद्घाटन रंगशाला बाहिर गरिएको हो। विश्वभरबाट छनौट गरिएका ४ हजार व्यक्तिलाई भेला पारेर यसपटकको विश्वकप उद्घाटन गरियो। उद्घाटनअघि विश्वकपमा सहभागी...बाँकी

भारतमा नक्कली मदिरा, १७ जनाकाे मृत्यु

भारतको उत्तर प्रदेशमा नक्कली मदिरा पिउँदा कारण १७ जनाको मृत्यु भएकाे छ । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो । मदिरा पिएका ४० जना उपचारको क्रममा रहेका अधिकारीहरुले जानकारी दिएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख प्रकट...बाँकी

 आईसीसी क्रिकेट विश्वकप २०१९ को भव्य उद्घाटन

आज अर्थात् बुधवार आईसीसी क्रिकेट विश्वकप २०१९ को भव्य उद्घाटन हुँदैछ । इंग्ल्याण्डको वेल्समा आयोजना हुन लागेको क्रिकेकटको यस महाकुम्भमा शीर्ष १० राष्ट्रले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको उद्घाटन लंडनको 'द मल'मा हुनेछ । पहिलो खेल भोलि मे ३० मा इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीच हुनेछ । बताइएअनुसार उद्घाटन समारोहमा लगभग ४ हजार...बाँकी

बेजोसककी पूर्व पत्नीले आधा सम्पत्ति दान गर्ने

जेफ बेजोसकी पत्नी म्याकेन्जी बेजोसले आफ्नो सम्पत्तिको आधा परोपकारी काममा दान गर्नका लागि विश्वका धनी मानिसहरुसँग आफ्नो सम्पर्क बढाएकि छन् । वारेन बफेट र बिल तथा मेलिन्दा गेट्सले २०१० मा सुरु गरेको ‘द गिभिङ प्लेज’ले बेजोसको प्रतिबद्धताको बारेमा मंगलबार जानकारी गराएको हो । बेजोस अमेजनका सीईओ जेफ बेजोससँग डिभोर्स भएपछि...बाँकी

कोइला खानीमा दुर्घटना हुँदा ५ को मृत्यु

 चीनको हुनान प्रान्तमा अवस्थित लोङटान नगरको झिङलोङ कोइला खानीमा दुर्घटना हुँदा ५ को मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मङ्गलबार अपराह्न करिब ५ बजे दुर्घटना भएको हो । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पताल पु¥याइए पनि पाँच जनाको ज्यान गएको र घाइते एकको उपचार जारी रहेको बताइएको...बाँकी