विश्व

पुल भत्कँदा इटालीमा २६ जनाको मृत्यु

इटलीमा मोटरेबल पुल भत्किँदा कम्तीमा २६ जनाको ज्यान गएको छ भने १५ जना गम्भीर घाइते भएका छन् । १ दर्जन हराइरहेका छन् । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा रहेको पुल मङ्गलबार विहान १० बजे भत्किएको हो । ४५ मिटर अग्लो पुल भत्किँदा ३० भन्दा बढी गाडी बज्रेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका...बाँकी

अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित ४४ जना अस्पतालभित्र रहेको समयमा नौतले सरकारी अस्पतालको सातौँ तलाबाट शुरु भएको आगलागीपछि अस्पताललाई खाली गरिएको छ । आगलागीबाट फैलिएको धुवाँको मुस्लोका कारण...बाँकी

यस्ता शासक जसले मान्छको मासु खान्थे

सन् १९७१ मा पूर्वी अफ्रिकी देश युगाण्डामा मिल्टन ओबोटेको निर्वाचित सरकारलाई अपदस्थ गर्दै जनरल इदी अमिन सत्तामा आए । हुन त सत्तामा आएको आठ वर्षमै उनलाई तान्जानियाको सहायतामा युगाण्डाबाट लखेटिएका युगाण्डाली जनताहरूले उनलाई सत्ताच्युत गरिदिए र उनी भागेर लिबिया गए। त्यहाँपछि उनी साउदी अरेबिया गए र त्यहाँ २०१३ मा उनको...बाँकी

सिरियाको हतियार भण्डारमा विष्फोट हुँदा ३९ जनाको मृत्यु

सिरियाको एक हतियार भण्डारण केन्द्रमा विस्फोट हुँदा ३९ जनाको ज्यान गएको छ । उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा भएको विस्फोटमा १२ बालबालिका सहित ३९ को ज्यान गएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले हतियार तस्करले हतियार भण्डारण गर्दै आइरहेको भवनमा विस्फोट भएको जनाएका छन् । भवनमा सिरियाको मध्यहोम्स प्रान्तबाट विस्थापित भएर आएकाहरु...बाँकी

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ । यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । “तीन, दुई, एक, ब्लास्टअफ” फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट...बाँकी

राहतका लागि कङ्ग्रेस नेता राहुलद्वारा प्रधानमन्त्री मोदीलाई पत्र

 केरलामा निरन्तरको मुसलधारे बर्षाका कारण आएको बाढी तथा पहिरोले स्थानीय वस्तीहरूलाई प्रभावित बनाएपछि ठूलो सङ्ख्यामा नागरिकहरू विस्थापित बनेका छन् । दक्षिण भारतको उक्त इलाकामा पहिरो तथा डुबानमा परी यस महिना मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । बाढी तथा पहिरोका कारण केरलाका खासगरी नदी किनाराका वस्तीहरूमा ठूलो क्षति भएको र...बाँकी

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दाबढी

 इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ । भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका छन् । भूकम्प गएका एक हप्ता बिति सक्दा पनि पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको...बाँकी

यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण

यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । पिकनिकबाट विद्यालयतर्फ फर्कंदै गरेका बालबालिका चढेको बसमाथि उत्तरी सादा प्रदेशको दयान शहरमा आक्रमण भएको रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले जानकारी दिएको छ । तर, यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन बिहीबारको...बाँकी