विश्व

बांग्लादेशको आगलागीमा परेर मृत्यु हुनेको संख्या ७०, थुप्रै घाइते

बांग्लादेशको राजधानी ढाकामा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या ७० पुगेको छ । अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन् । अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताए अनुसार राति १० बजेपछि आगो लागेको हो । रासायनिक पदार्थको गोदाम रहेको भवनामा आगो लागेको हो । राजधानीको पुरानो र ऐतिहासिक...बाँकी

नेपालमा आदिवासी भाषाको अवस्था र गर्नुपर्ने काम

यस वर्ष युनेस्कोले ‘दीगो विकास, शान्ति र मेलमिलापका लागि आदिवासी भाषाहरू’ भनेर आदिवासीहरूको भाषा वर्षका लागि मूल नारा तय गरेको छ । २१ फेब्रुअरीका दिन औपचारिक रूपमा घोषणा गरेर विविध कार्यक्रमका साथ विश्वभरि मनाइँदैछ । यसलाई आदिवासी भाषा वर्षका रूपमै घोषणा गरिएको हुँदा आदिवासीका भाषाहरूको अवस्थाका बारेमा चर्चा गरिनुका साथै...बाँकी

बेलायती सांसदको फेसबुकमाथि गम्भीर आरोप

बेलायती सांसदले सोसल मिडिया साइट फेसबुकमाथि गम्भीर आरोप लगाएका छन् । बेलायती सांसदले सोमबार जारी गरेको एक रिपोर्टमा फेसबुकमाथि बेलायतमा जानीजानी गोपनीयतासम्बन्धी कानून तथा प्रतिस्पर्धासम्बन्धी कानूनको उल्लंघन गरेको आरोप लगाइएको छ । सांसदहरुले फेसबुकलाई ‘डिजिटल गुण्डा’ को रुपमा रहेको आरोप लगाएका छन् । साथै सोसल मिडिया कम्पनीहरुमाथि अधिक निगरानी राख्न...बाँकी

संसारका सबैभन्दा धनी १० महिला, सम्पत्ति औंलामा गन्न मुश्किल

फोर्ब्सले तयार पार्ने धनाढ्यको सूचीमा कूल एक हजार आठ सय २६ को नाम समावेश छ जसमध्ये ११ प्रतिशत महिला छन् जुन वास्तवमा निकै कम हो । तर पछिल्लो वर्ष धनाढ्यको सूचीमा महिलाको संख्या बढ्दो छ । यहाँ हामी फोर्ब्सको अर्बपतीको सूचीमा सयौं स्थानभित्र पर्न सफल महिलाबारे कुरा गरिएको छ ।...बाँकी

उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै थाइल्याण्डकी राजकुमारीले मागिन क्षमा

थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती भएको भन्दै क्षमा याचना गरेकी छन् । शाही परिवारको सदस्य रहेकै बेला ६७ वर्षीया उबोलरतनाले ‘थाई रक्षा चार्ट पार्टी’का तर्फबाट केही दिन अगाडी उम्मेदवारी घोषणा गरेकी थिइन् । उनको उम्मेदवारीका बारेमा उनका भाई तथा थाइल्याण्डका राजा माहा वाजिरालोङकोर्नले आपत्ति जनाएका...बाँकी

विश्व बैंकको अध्यक्षका लागि ट्रम्पद्वारा माल्पासलाई सिफारिस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थ विभागमा कार्यरत डेभिड माल्पासलाई विश्व बैंकको नयाँ अध्यक्षका लागि सिफारिस गरेका छन्। विश्व बैंकको कार्यशैलीमाथि तिखा टिकाटिप्पणी गर्दै आएका माल्पासलाई नै राष्ट्रपति ट्रम्पले नियुक्तिका लागि सिफारिस गरेका हुन्। अमेरिकी अर्थ विभागका वरिष्ठ अधिकारी माल्पासको छनौट विवादास्पद मानिएको छ, तर बैंकका बहुसंख्यक शेयरहोल्डरहरू, खासगरी युरोपेली...बाँकी

कार्ल मार्क्सको समाधीमा अज्ञात समूहद्वारा तोडफोड

लण्डनको हाइगेट सिमेट्री (समाधीस्थल) मा रहेको कार्ल मार्क्सको समाधिमा क्षति पु¥याइएको पाइएको छ ।  आक्रमणकारीले समाधिमा रहेको त्यस मार्वलको पाटीमा क्षति पुर्याएका छन्, जुन सन् १८८३ को माक्र्सको मूल समाधिमा लगाइएको थियो । त्यसलाई सन् १९५४ मा स्मारक स्मारकसहितको समाधि निर्माण गर्ने क्रममा जस्ताको तस्तै राखिएको थियो । हाईगेट सिमेट्रीमा...बाँकी

डेंगुका कारण २ जनाको मृत्युृ

श्रीलङ्कामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । डेंगुका काराण अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् । इपिडिमियोलोजी इकाईले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ । प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन् । त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी...बाँकी