भारतको जम्मु-कश्मीरस्थित अनन्तनागमा चरमपन्थीहरुले हमला गरेका छन्। चरमपन्थीहरुले पुलिस र सीआरपीएफको टोलीमाथि हमला गरेका हुन्। यसक्रममा कम्तीमा पनि तीनजना भारतीय फौजका जवान मारिएका छन्। यो घटनामा एक प्रहरी अधिकृतसहित चारजना गम्भीर घाइते छन्। जवाफी कारबाहीमा एकजना चरमपन्थी मारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पुलिसका अनुसार अनन्तनागस्थित केपी रोडमा दुई चरमपन्थीले सीआरपीएफ-पुलिस...बाँकी
लामो राजनीतिक अन्योलमा परेको सुडानमा सहमतिको निम्ति छिट्टै पुन: वार्ता गर्न प्रदर्शनकारी र सैनिक नेतृत्व तयार भएका छन्। एक इथियोपियाली मध्यस्थकर्ताले यो जानकारी दिएका हुन्। विपक्षी गठबन्धनले नागरिक अवज्ञा र आमहडताल रोक्न सहमति जनाएको छ। लामो समयदेखि राष्ट्रपति रहेका ओमार अल बशिर एप्रिलमा अपदस्थ गरिएपछि सेनाले सत्ता हातमा लिएको छ।...बाँकी
अस्ट्रियाको साल्जबर्ग सहरमा एउटा अनौठो चलन छ । आफ्ना ग्राहकलाई मदिरा र सेक्स सित्तैमा उपलब्ध गराइन्छ । ग्राहकले सित्तैमा छानीछानी युवतीसँग सेक्स गर्न पाउँछ । सरकारले लगाएको चर्को करबाट बच्न वेश्यालयले आफ्ना ग्राहकलाई सित्तैमा सेक्स सेवा उपलब्ध गराएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार वेश्यालयले सरकारलाई कर नतिर्ने रणनीति अनुसार ‘यहाँ...बाँकी
मेक्सिकोको दक्षिण पश्चिममा मंगलवार एक जना पत्रकारको हत्या गरिएको छ । प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रूपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनले टाबास्को राज्यका अरू सञ्चार माध्यममा समेत कार्य गरेकी थिइन् । मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन्...बाँकी
भारतको उत्तर प्रदेशको शामली जिल्लामा रेलवे लीगबाट बाहिरिएको मालवाहक रेलको घटनाको समाचार बनाउने एक पत्रकारलाई प्रहरीले दुर्व्यवहार गरेको छ । दुर्व्यवहार गर्ने जीआरपी एसएचओ राकेश कुमार र हवल्दार सञ्जय पवारलाई निलम्बित गरिएको छ । यी दुई प्रहरी अधिकारीले पत्रकार अमित शर्मासँग दुर्व्यवहार गरेको र अमानवीय काम गरेको आरोप छ ।...बाँकी
यस्तो लाग्छ, सत्ताका हर्ताकर्ताहरु लोकतान्त्रिक राज्यको चौथो अङ्ग मिडियालाई पाठ पढाउने चाहना राख्छन् ! उत्तरप्रदेशको प्रहरीले दिल्ली–नोएडा क्षेत्रबाट तीन मिडियाकर्मीलाई गिरफ्तार गर्यो । उनीहरुलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाइयो । र, अर्को एक पत्रकारका विरुद्ध उत्तरप्रदेशमै एफआईआर दर्ता गरियो । भारतका सम्पादकहरुको सबैभन्दा ठूलो संस्था ‘एडिटर्स गिल्ड अफ इन्डिया’...बाँकी
घर वा पसलमा चोरीको घटना सुनिएकै हो तर चोरले सिंगो पुल नै चरेर लगे भन्ने घटना चाहि अनौठो लाग्ला । यस्तै घटना रूसको मुरमेन्स्कमा घटेको छ, जसको तस्वीर सोशल मीडियामा भइरल भएको छ । मीडिया रिपोर्ट्सका अनुसार, रेलवेको सो पुल कुनै सानो तिनो पुल थिएन त्यो निकै भारी पुल थियो...बाँकी
भेनेजुयला सरकारले चार महिनाअघि बन्द गरेको कोलम्बियाको सिमानामा खोलेपछि भेनेजुयला छोड्न चाहनेहरू सामलतामल बोकेर निस्किन थालेका छन्। कोलम्बियाको विदेश मन्त्रालयले ट्वीटरमार्फत दिएको जानकारीअनुसार शनिबार सीमाना खुला भएलगत्तै ३० हजारभन्दा धेरै मानिस कोलम्बिया पुगिसकेका छन्। संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार पछिल्लो चार वर्षमा करिब ४० लाख नागरिक भेनेजुयलाबाट विस्थापित भइसकेका छन्। भेनेजुयलाका...बाँकी