पाकिस्तानले महिला विरुद्ध हुने हिंसाको सामना गर्नको लागि लगभग हजारवटा अदालत निर्माण गर्ने भएको छ । देशका प्रधानन्यायाधीशले यस योजनाको घोषणा गरेका छन् । आपराधिक मुद्दामा केन्द्रीत हुने अन्य अदालतले महिला हिंसाका मुद्दालाई प्रयाप्त ध्यान दिन नसकेकाले नयाँ व्यवस्था गर्न लागिएको प्रधान न्यायाधिसले बताए । पाकिस्तानका प्रधानन्यायाधिश आसिफ सायीद खोसाले...बाँकी
२०२२ को कतार विश्वकप फुटबलमा आर्थिक लेनदेनको आरोपमा युईएफएका पूर्वअध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन् । पूर्व युईएफएका अध्यक्ष तथा विश्व फुटबल महासंघ ९फिफा० का पूर्व उपाध्यक्षसमेत रहेका प्लाटिनीलाई मंगलबार विहान परिसबाट पक्राउ गरिएको हो । ६३ वर्षीय प्लाटिनीले विश्वकप फुटबलको आयोजना गर्न कतारलाई दिने सम्बन्धमा ठूलो आर्थिक चलखेल गरेको...बाँकी
"अटोमेसनका कारण उत्पादन उद्योग भएका नगरहरू नराम्ररी प्रभावित भएका छन्। ती नगरहरूमा विवाहको दर घटिरहेको छ, अपराध बढेका छन्, अनि आत्महत्या, मद्यपान तथा लागु औषध प्रयोगका कारण हुने मृत्यु बढेका छन्," डा कार्ल फ्रे भन्छन्। अक्सफोर्ड विश्वविद्यालयका यी अनुसन्धानकर्ताले विगतमा उत्पादनमार्फत आर्थिक वृद्धिको नेतृत्व सम्हालेका तर हाल खस्किएर 'रस्ट बेल्ट'...बाँकी
अत्यधिक गर्मीका कारण भारतका बिहार, उत्तरप्रदेश, राजस्थान, दिल्ली, मध्यप्रदेश लगायतमा दैनिक जीवनयापन निकै कष्टकर बनेको छ । उच्च तापक्रमका कारण तातो हावा (लू) चल्नाले मानिसको दैनिकी कष्टकर बन्नुका साथै कैयौंले ज्यान गुमाएका छन् । भारतीय सञ्चार माध्यमहरूले करिब २ महिनामा उच्च गर्मी र तातो हावाकै कारण सयभन्दा बढीको ज्यान गएको दाबी गरेका...बाँकी
संयुक्त राष्ट्रसंघको अर्थव्यवस्था र सामाजिक मामिला विभाग (यूएन–डीईएसए)ले विश्वको जनसंख्यासम्बन्धी एउटा रिपोर्ट सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक रिपोर्ट अनुसार वर्तमान विश्वमा चीन १ अर्ब ४२ करोड जनसंख्या सहित सबैभन्दा बढी जनसंख्या हुने मुलुक बनेको छ । त्यसपछि १ अर्ब ३६ करोड जनसंख्या सहित भारत दोस्रो स्थानमा छ । रिपोर्टले...बाँकी
भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु भएको आशङ्का गरिएको छ। पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए। मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए। तर पछि ती जादुगर...बाँकी
तपाईंले अहिलेसम्म कतिसम्म महँगो जिन्स लगाउनु भएको छ ? के विश्वका सबैभन्दा महँगा जिन्सका बारेमा तपाईंलाई थाहा छ ? छैन भने आउनुहोस् विश्वका सबैभन्दा महँगा केही जिन्सका बारेमा जानौँ । १. सेभेन फर अल म्यानकाइन्ड : यो जिन्स प्यान्टको ब्राण्ड हो । यो जिन्स आफ्नो फिटिङ्गका लागि चर्चित छ ।...बाँकी
अफगानिस्तानका दक्षिणी प्रान्त हेल्मण्डको नाद अलि र मार्जा जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध गरेको हवाई कारबाहीको क्रममा ११ जना मारिएका सेनाद्वारा बिहीबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । स्थानीय समयानुसार बुधबार अपराह्नमा गरिएको यस हवाई कारबाहीमा केही सङ्ख्यामा तालिबान लडाकू घाइते हुनुका साथै ती लडाकू लुकेर बसेका बासस्थान ध्वस्त पारिएको छ...बाँकी