विश्व

गुद मैथुनको अभियोग लागेका मलेसिया पूर्वउपप्रधानमन्त्री जेलमुक्त

 मलेसियाका पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिम बुधबार जेलमुक्त  भएका छन्  । गुदमैथुनको अभियोगमा जेल परेका  इब्राहिमलाई सजाय माफी घोषणा गरेर जेलमुक्त गरिएको हो । उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका सुभेच्छुकले खुशीयाली मनाउँदै र्‍याली निकालेका थिए । कालो कोटमा देखिएका ७० वर्षीय अन्वार खुशी हुँदै राजदरबार गए भने पत्रकारहरूले उनलाई लगातार पछ्याइरहेका थिए...बाँकी

उत्तर कोरियाद्वारा ट्रम्पसँगको वार्ता त्याग्ने धम्की

उत्तर कोरियाले यदि संयुक्त राज्य अमेरिकाले आफूलाई आफ्नो आणविक हातहतियार त्याग्न दबाब दिइरहेको खण्डमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता त्याग्न सक्ने बुधबार बताएको छ। अत्यन्तै उत्साहपूर्वक प्रतिक्षित ट्रम्प र उत्तरका सर्वोच्च नेता किम जोङ उनबीचको ऐतिहासिक वार्ता १२ जुनमा हुने तयार भएको छ। तर एउटा आक्रोसपूर्ण विज्ञप्तिमार्फत उत्तर कोरियाका...बाँकी

दुई कोरियाली उच्चस्तरीय बैठक स्थगित

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ । बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको छ । उत्तर कोरियाले दक्षिण कोरियामा जारी...बाँकी

भारतमा निर्माणाधीन आकासे पुल भत्किँदा कम्तीमा १२ जनाको मृत्यु

उत्तर भारतमा सडकमाथि निमार्णाधीन आकासे पुल मङ्गलबार भत्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति भग्नाबशेषमा फसेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा भएको हो...बाँकी

छ जना अफगान सुरक्षाकर्मी र आठ आतंककारी मारिए

अफगानिस्तानको पश्चिमी प्रान्त फराहको एक सहरमा भएको झडपमा परी छ जना अफगान सुरक्षा अधिकारीको मृत्यु भएको छ । साथै यस झडपमा अन्य आठ आतंककारी पनि मारिएका छन् । सुरक्षा स्रोतले मङ्गलबार सो जानकारी दिएको छ । फराह सहरलाई नियन्त्रणमा लिने प्रयासमा स्थानीय समयाअनुसार मङ्गलबार मध्यराति २ बजे तालिबान आतंककारी समूहले...बाँकी

गाजामा थप मानवीय क्षति हुन नदिन संवेदशील बन्न मोघेरिनीको आग्रह

सोमबार गाजा क्षेत्रमा प्यालेष्टिनी नागरिकको प्रदर्शनका क्रममा इजरायलसँगको भडपमा परी कम्तीमा ४१ प्यालेष्टिनीको मृत्यु भएपछि थप क्षति हुन नदिन संयमता अपनाउन यूरोपेली यूनियनका विदेश नीति प्रमुख फेडेरिका मोगेरिनीले इजरायल तथा प्यालेष्टिनी पक्षसँग आग्रह गर्नुभएको छ । इजरायलले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार र समानताको आधारमा सुरक्षा बलको प्रयोग गर्ने सिद्धान्तको...बाँकी

भ्यागुते रोगबाट यमनमा ९१ जनाको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भ्यागुते रोगका कारण यमनमा ९१ जनाको मृत्यु भएको विवरण शनिबार सार्वजनिक गरेको छ । गत अक्टोबरदेखि फैलिएको यस रोगको प्रकोपबाट उनीहरुको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन् । मुलुकका २३ ओटा प्रान्तमध्ये २० प्रान्तमा भ्यागुते रोगको प्रकोप फैलिएको छ । प्रकोपमा परी एक हजार ७२५ जना...बाँकी

इजरायली आक्रमणमा सिरियामा ४२ जनाको मृत्यु

 यस हप्ता सिरियामा भएका इजरायली आक्रमणमा परी कम्तीमा ४२ जनाको मृत्यु भएको सिरियाली युद्ध अनुगमन समूहले शनिबार बताएको छ । बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन समूहले भनेको छ, इजरायलले बिहीबार बिहानैदेखि आक्रमण शुरू गरेको थियो । आक्रमणबाट ११ इरानी, छ सिरियाली सेनासहित २७ जनाको मृत्यु भएको छ । मानवअधिकार अनुगमन...बाँकी