) यसै महिना बंगलादेशमा सरकारले लागूऔषध विरुद्ध चलाएको अभियानको दौरान सत्तरी जनाभन्दा बढी मानिसको ज्यान गएको सरकारी अधिकारीहरुले आइतबार बताएका छन् । सरकारी सूत्रले राजधानी ढाकाका थुप्रै स्थानमा प्रहरीले छापा मारेको जनाएको छ । शनिबार मात्र अवैध लागूऔषध ओसारप्रसारमा संलग्न रहेको आशंकामा एक सयजनालाई हिरासतमा लिइएको थियो । त्यसै गरी...बाँकी
युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या शनिबार अपरान्ह्सम्म ४८ पुगेकोे छ । अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ । यसअघि युगाण्डा बस दुर्घटनामा परी...बाँकी
बलिउड चलचित्र ‘पाकिजा’की नायिका गीता कपुरको ५७ वर्षको उमेरमा निधन भएको छ। शनिबार बिहान मुम्बईस्थित एसआरभी अस्पतालमा उनको निधन भएको हो। एक वर्षअगाडि उनका छोराले उनलाई अस्पतालमा छाडेर भागेका थिए। त्यसपछि उनी आफ्ना सन्तान आफूलाई भेट्न आउलान् कि भन्ने आशमा दिन गन्दै बसेकी थिइन्। तर, कोही पनि नआएपछि उनी दिनप्रतिदिन...बाँकी
उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच शनिवार दोस्रो पटक भेटवार्ता भएको छ । दुर्इ नेताबीच सीमास्थित असैन्य क्षेत्रमा भेटवार्ता भएको हो । दक्षिण कोरियाको राष्ट्रपति भवनका अनुसार दुवै नेताले सीमास्थित पन्मुन्जोम गाउँमा करिब २ घण्टासम्म वार्ता गरेका छन् । भेटका क्रममा आपसी सम्बन्ध...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना सिंगापुरमा हुने आफू र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको ऐतिहारिक शिखर वार्ता रद्द गरिसकेकपछि उत्तर कोरियाले शुक्रबार आफू अझै पनि कुनै पनि समय कुनै पनि किसिमको वार्ताका लागि तयार रहेको जनाएको छ। प्योङयाङका उपविदेशमन्त्री किम क्ये ग्वानले ट्रम्पको निर्णय अत्यन्तै दुखदपूर्ण भएको...बाँकी
युक्रेनमा मलेसियन विमान एमएच १७ लार्इ खसाल्ने मिसाइल रूसी सेनाको भएको खुलेको छ। अन्तर्राष्ट्रिय एजेन्सीको संयुक्त जाँचपछि बिहीबार पहिलो पटक यो दाबी गरिएको हो । डच जाँचकर्ता विलबर्ट पोलिसनले एक पत्रकार सम्मेलनमा रूसको कर्स्कस्थित ५३ औँ ब्रिगेडबाट यो मिसाइल हानिएको थियो । १७ जुलाई २०१४ मा एम्सटर्डमबाट क्वालालम्पुर गइरहेका बेला एमचएच-१७...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित बैठक रद्द गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले हालै देखाएको क्रोध र शत्रुतापूर्ण व्यवहारका कारण आफूले वार्ता रद्द गरेको बताएका छन् । ट्रम्पले १२ जुनमा उत्तर कोरियासँग वार्ता गर्न अनुपयोक्त भएको बताएका छन् । ह्वाइट हाउसबाट उत्तर...बाँकी
उत्तर कोरियाले आफ्नो परमाणु सुरुङ बिहीबार विस्फोट गराएर ध्वस्त गरेको छ। उत्तर कोरियाले विभिन्न विदेशी पत्रकारहरुको उपस्थितमा बिहीबार आफ्नो परमाणु भट्टीको सुरुङ विस्फोट गराएर ध्वस्ता पारेको हो । स्काई न्यूजका पत्रकार टोम चेसियरका अनुसार उत्तर कोरियाले विश्व समुदायलाई आफू परमाणु निशस्त्रीकरणको बाटोमा रहेको देखाउन परमाणु भट्टीको सुरुङ ध्वस्त बनाएको हो...बाँकी