विश्व

दर्जनौं आईएसआईएसका पत्नीलाई मृत्युदण्ड

दर्जनौं विदेशी आईएसआईएसका पत्नीहरूलाई बुधबार इराकमा मृत्युदण्ड सुनाइएको छ। आईएसआईएसले झन्डै तीन वर्षसम्म इराकका महŒवपूर्ण भूभागमा कब्जा जमाएको बदला लिने क्रममा अदालतले सो कदम उठाएको हो। तिनीहरू आफै पनि पीडित रहेको बताउँदै न्यायाधीशहरूले सजाय सुनाउनुअघि तिनीहरूलाई आफ्नो ज्यानका लागि भिख माग्न आग्रह गरिएको थियो। तर तिनीहरूमध्ये कमैलाई इराकी न्यायालयले सहानुभूति...बाँकी

चीनले गर्‍यो सवारी साधन आयात शुल्कमा भारी कटौती

चीनले आगामी जुन १ देखि लागु हुनेगरी सवारी साधन र पाटपूर्जा आयात गर्दा लाग्ने करमा भारी कटौती गरेको छ। चीनियाँ अर्थ मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यात्रुबाहक कार र केही ट्रकमा लाग्दै आएको २५ प्रतिशत भन्सार शुल्क र २० प्रतिशत आयात कर घटाएर १५ प्रतिशत बनाउने निर्णय गरिएको जनाएको छ।...बाँकी

विवाह गरेलगत्तै आत्महत्या

भारतको उत्तर प्रदेशको सोनभद्रमा एक जोडी प्रेमीले आत्महत्या गरेका छन्।सहमतिमै विवाह गरेपछि उनीहरुले आइतबार राति रुखमा डोरीको पासो लगाएर आत्महत्या गरेका हुन्। लामो समयदेखि प्रेममा रहेका १९ वर्षीया यशोदा र २४ वर्षीय विद्यासागरले आइतबार राति आत्महत्या गरेको प्रहरीले बताएको छ। आत्महत्या गर्नु अघि उनीहरुले विवाह गरेको प्रहरीले बताएको छ।मृतक युवकले लगाएको...बाँकी

माओवादीले थापेको धरापमा परि ६ जना प्रहरीको मृत्यु

छत्तिसगढको दन्तेवाडा क्षेत्रमा माओवादी कार्यकर्ताहरूले थापेको धरापमा परी ६ जना प्रहरी मारिएका छन् । सडक निर्माणको अवलोकन गर्न निस्किएको प्रहरीको जिपलाई लक्षित गरी माओवादीहरूले धराप विस्फोट गराएका थिए । घटनामा परी मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका ४ र डिस्ट्रिक्ट फोर्सका २ जना रहेको भारतीय सञ्चार माध्यमले जनाएका छ । घटनामा...बाँकी

क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

 विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका क्युबाका अधिकारीहरूले एक सयभन्दा बढीको ज्यान जाने गरी दुर्घटनामा परेको एउटा विमानको ब्ल्याक बक्स फेला परेको बताएका छन्। क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको थियो ।...बाँकी

मुख्यमंत्रीमा सपथ लिएकै भोलिपल्ट राजिनामा

कर्नाटकका मुख्यमन्त्री बीएस यदुरप्पाले सपथ लिएको भोलिपल्ट राजीनामा दिएका छन् । हालै भएको चुनावमा सबैभन्दा ठूलो दल बनेको भारतीय जनता पार्टी ९बीजेपी०लाई गर्भनरले सरकार गठनका लागि ३ जेठको राति आहृवान गरेको थियो । भोलिपल्ट यदुरप्पाले मुख्यमन्त्रीको सपथ लिएका थिए । तर, सर्वोच्च अदालतले कर्नाटक विधानसभामा बहुमत देखाउन प्रदेश सरकारलाई आदेश...बाँकी

फुर्सदमा पुटिन र ट्रम्पका गफ,कुन देशको केटी राम्री

विश्वका शक्तिशाली नेताहरू एक–अर्काबीच कस्ता विषयमा गफ गर्छन् भन्नेबारे जोकोहीलाई कुतूहलता लाग्न सक्छ । तपाईंंलाई लाग्न सक्छ, ती नेताहरू पैसा, व्यापार, देश, विकास, राजनीतिलगायत समसामयिक विषयका बहसमा मात्र केन्द्रित हुन्छन् । विश्वका शक्तिशाली नेता केवल यस्तै समसामयिक विषयमा मात्र केन्द्रित हुन्छन् भन्ने सोच्नुभएको छ भने तपाईं गलत साबित हुन सक्नुहुन्छ । उनीहरू यौन,...बाँकी

ट्रम्पले आप्रवासीलाई भने :- यिनीहरू मान्छे होइनन्, जनावर हुन्

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको विषयमा तल्लोस्तरमा ओर्लेर गरेको टिप्पणी विवादमा आएको छ। डोनाल्ड ट्रम्पले आप्रवासी रोक्न सीमामा पर्खाल निर्माण गर्ने र आप्रवासी कानुन कार्यान्वयन गर्ने विषयको चर्चाका क्रममा आप्रवासीको तुलना जनावरसँग गरेका थिए। ट्रम्पले क्यालिफोर्नियाबाट ≈वाइट हाउसमा आएका रिपब्लिकन सांसदहरूलाई भने– ‘हाम्रो देशमा मान्छेहरू आइरहेका छन् वा आउने प्रयास...बाँकी