विश्व

रासायनीक ग्यास आक्रमणमा ७० जनाको मृत्यु

सीरियाको गुटास्थित डउमा क्षेत्रमा रासायनीक ग्यास आक्रमण हुँदा कम्तिमा ७० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गुटा क्षेत्रमा विद्रोहीविरुद्ध सरकारी सेनाले आक्रमण गर्दै आएको छ । सीरियाली सेनालाई रुसले सघाइरहेको छ । गुटाको डउमा क्षेत्रमा टक्सिक ग्यास आक्रमण भएको समाचारहरु आइरहे पनि यसको स्वतन्त्र रुपमा पुष्टि हुन...बाँकी

८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी

करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ । बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी ८ करोड ७० लाख व्यक्तिको डाटा चोरी भएको...बाँकी

यूट्युबको मुख्यालयमा गोली चल्यो

अमेरिकाको उत्तरी क्यालिफोर्नियामा रहेको यूट्यूबको मुख्यालयमा गोली चलेको छ । एक महिला बन्दुकधारीले गोली चलाउँदा तीनजना घाइते भएका बीबीसीले जनाएको छ । आक्रमण गर्ने महिलाले आफैलाई गोली हानेर आत्महत्या गरेकी छिन् । गोली लागेर घाइते भएका एक पुरुष र दुई महिलाको उपचार भैरहेको छ । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको...बाँकी

इजरायल र प्यालेस्टाइनको सीमा क्षेत्रमा प्रदर्शन

इजरायली सेनाले प्रहार गरेको गोली लागेर कम्तिमा १५ जनाको मृत्यु भएको छ । इजरायल र प्यालेस्टाइनबीचको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा इजरायली सेनाको गोली प्रहारबाट विरोध प्रदर्शन गरिरहेका १५ जना प्यालेस्टायनी मारिएका हुन् ।प्यालेस्टायनी अधिकारीहरुले इजरायली सेनाले गरेको गोली प्रहारबाट कम्तिमा १५ जनाको मृत्यु भएको र सयौं घाइते भएको बताएका...बाँकी

अमेरिकासँग रूसले लियो बदला

रुसले अमेरिकाका ६० कुटनीतिज्ञलाई निस्कासित गरेको छ । साथै सेन्ट पिटर्सवर्गको कन्सुलेट सेवा बन्द गर्ने निर्णय पनि रुसले गरेको छ । अमेरिकी कुटनीतिज्ञहरुलाई रुस छाड्न एक हप्ताको समय दिइएको बीबीसीले जनाएको छ । बेलायतमा एक पूर्व रुसी जासुस सर्गेई स्किपल र उनकी छोरी युलियालाई विष प्रयोग गरी हत्या गर्न खोजेको...बाँकी

भेनेजुएलाको जेलमा झडप, ६८ जनाको मृत्यु

भेनेजुएलाको एक जेलमा भएको झडपमा ६८ जनाको मृत्यु भएको छ ।समाचार एजेन्सीहरुका अनुसार भ्यालेन्सियास्थित जेलमा बुधबार कैदीबीच झडप भएको थियो । झडपकै क्रममा केही कैदी भाग्ने प्रयास गर्दा सुरक्षाकर्मीले गोली प्रहारसमेत गरेको बताइएको छ । सुरक्षाकर्मीको गोली प्रहारबाट कति र झडपबाट कतिको मृत्यु भयो भन्ने प्रष्ट भएको छैन । मृतक...बाँकी

मलाला पाकिस्तान फर्किइन्

नोबेल शान्ति पुरस्कार विजेता युसुफजाई मलाला पाकिस्तान फर्किएकी छन् । तालिबान चरमपन्थीले गोली हानेपछि बेलायतको बर्मिङघममा बस्दै आएकी मलाला पहिलो पटक पाकिस्तान फर्किएकी हुन् ।   २०१२ मा महिला शिक्षाको प्रचारमा जुटेकी मलालालाई चरमपन्थीले आक्रमण गरेका थिए । मलाला अहिले २० वर्षकी भइन् र प्रखर मानवअधिकारवादी कार्यकर्ताको रुपमा आफ्नो पहिचान...बाँकी

डीभी चिठ्ठा पाउनेमा नेपाल विश्वमै दोस्रो

डीभी चिठ्ठा पाएर अमेरिकामा हालसम्म झण्डै ३५ हजार नेपाली आएको तथ्य सार्वजनिक भएको छ । सन् १९९५ देखि सन् २०१७ सम्म ३४ हजार ७ सय ४४ जना नेपालीले डीभीमार्फत अमेरिकाको आप्रवासी भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, सन् २०१८ सुरु भएयता १ हजार ३ सय...बाँकी