प्रदेश ३

संविधानले ब्यवस्था गरेको अधिकार मागेर होईन खोजेर लिनुपर्छ

प्रदेशसभा सदस्य तथा नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामीले सिमान्तकृत समुदायले संविधानले ब्यवस्था गरेको अधिकार मागेर होईन खोजेर लिनुपर्ने बताएका छन् । नेपाल थामी समाज मकवानपुरको क्यालेण्डर सार्वजनिक गर्दै पुलामीले सिमान्तकृत समुदायलाई आफ्ना अधिकारको लागि एकताबद्ध हुन आग्रह गरे । देश आर्थिक समृद्धिको अभियानमा अघि बढेको भन्दै उनले...बाँकी

तीन नम्बर प्रदेशसभामा यस्ता विषय उठाइँदै

प्रदेश तीनको शिक्षा स्वास्थ्य र कृषि समितिले प्रदेशसभामा उठाउने विषयहरुको बारेमा मंगलबार छलफल गरेको छ । प्रदेशसभा सचिवालयमा भएको बैठकमा शिक्षामा खेलकुद सँगै हुनुपर्ने, पठन पाठन नयाँ शैक्षिक सत्रबाट सुरु हुनुपर्ने, अशक्तहरुको आक्षण हुनपर्ने विषय उठाउनेबारे छलफल भएको हो । कृषिमा आधुनिकिकरण गर्नुपर्ने र कृषिमा सर्वसाधरणको पहुँच पुग्नुपर्ने लगायतका विषय...बाँकी

हेटौंडाबाट प्रदेशको राजधानी सर्दैनःथापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडालाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने कुरामा जोड दिनुभएको छ । बिहीबार हेटौंडामा पार्टीका अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले सबै हिसाबले ३ नम्बर प्रदेशको राजधानीको लागि हेटौंडा नै उपयुक्त भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको...बाँकी

दक्ष डकर्मी बन्न परीक्षा

मकवानपुरको बकैया गाउँपालिकाका तालिमप्राप्त डकर्मी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिले लिएको परीक्षामा सहभागी भएका छन् । स्थानीय स्रोत साधन प्रयोग गरी भूकम्प प्रतिरोधि घर निर्माण सम्बन्धि ५० दिने तालिममा सहभागी भएका उनीहरुले सरकारबाट मान्यता प्राप्त दक्ष डकर्मी बन्नका लागि परीक्षा दिएका हुन् । बकैया ५,...बाँकी

श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको लागि फोनिजले दवाब दिने

आदीबासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरले श्रमजिवि पत्रकार ऐन कार्यान्वयन गराउन जिल्लास्थित सञ्चारमाध्यमहरुलाई दबाब दिने निर्णय गरेको छ । आईतबार सम्पन्न फोनिज नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । फोनिज मकवानपुरका अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा बसेको बैठकले श्रमजिवि पत्रकार ऐन अनुसार नियुत्तिपत्र, पारिश्रमिक, सेवा सुविधा प्रदान...बाँकी

बिसङ्गति बिरुद्ध पदमपोखरीमा अन्तरक्रिया

हेटौंडा १३ पदमपोखरीस्थित बनस्पतीमा लागूऔषध न्यनिकरण तथा सामाजिक बिकृती बिसङ्गति बिरुद्ध शनिबार अन्तरक्रिया कार्यक्रम भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायीक उप केन्द्रको आयोजना अन्तरक्रिया भएको हो । कार्यक्रम मकवानपुर प्रहरी प्रमुख एसपी विकासराज खनालको प्रमुख आतिथ्यता तथा सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टको विषेश आतिथ्यतामा भएको...बाँकी

गुड फ्राइडे मनाउँदै ख्रिष्टयन समुदाय

ख्रिष्टयन धर्मालम्बीहरुले भोली शुक्रबार गुड फ्राइडे मनाउँदैछन् । प्रभु यशुलाई क्रुशमा चढाएको दिनको सम्झनामा गुड फ्राइडे मनाइने गरिन्छ । मकवानपुरमा पनि गुड फ्राइडेको अवसरमा बिभिन्न कार्यक्रम गरिने भएको छ । मकवानपुर इसाई आवाजले प्रदेश तीनका मुख्य मन्त्री डोरमणि पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको युनाइटेड गोसपल चर्चका सचिव बीररत्न तामाङले...बाँकी

धनाढ्यसँग पैसा उडाएको भन्दै महानगरमा श्रीमति पीडितको उजुरी !

केही समय अघि एक जना चिकित्सक श्रीमतीले सन्तानको हेरचाह नगरेको भन्दै सम्बन्धविच्छेदका लागि मुद्दा हाल्न ललितपुर महानगरपालिकामा आइपुगे ।   ब्युटिसियन श्रीमतीले घर–परिवार र सन्तानलाई बेवास्ता गरेको उनको आरोप छ । धनाढ्यसँगको संगतका कारण पैसा उडाउने र घरभन्दा बाहिर बढी समय बिताउने गरेको उनका श्रीमान्को आरोप छ । झट्ट सुन्दा...बाँकी