अर्थ समाचार

समय अघि नै निर्माण सक्ने प्यूठानका ठेकेदार बोनससहित सम्मानित

समयमा काम सम्पन्न नगर्ने ठेकेदारका कारण योजनाहरू अलपत्र बनेका खबर देशैभरबाट आइरहेका बेला प्यूठानका एक ठेकेदार समयअगावै काम सकेर सम्मानित भएका छन्। भवन निर्माण  सम्झौताको झण्डै साढे तीन महिना अगावै काम सकेका उनलाई सरकारी निकायले शुक्रबार बोनससहित सम्मान गरेको हो। सरुमारानी गाउँपालिका १ स्थित बांगेशाल स्वास्थ्यचौकी निर्माणको जिम्मा पाएका आँशु...बाँकी

बाग्मतीका स्वास्थ्य केन्द्रको सामाजिक परिक्षण

बाग्मती : मकवानपुरको बाग्मती गाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परिक्षण भएको छ । बाग्मती गाउँपालिकाको आयोजनामा राईगाउँ स्वास्थ्य चौकी र बेतिनी स्वास्थ्य चौकीको सामाजिक परिक्षण भएको हो । राईगाउँ स्वास्थ्य चौकीको सामाजिक परिक्षणको क्रममा स्थानीयहरुले राईगाउँ स्वास्थ्य चौकीले सेवा सुविधा राम्रो दिएको बताएका थिए । परिक्षणको क्रममा बाग्मती गाउँपालिका...बाँकी

अर्गानिक खाना खुवाउन एक होटललाई नगरपालिकाको अनुदान

रुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिकाले अर्गानिक खाना खुवाउन एक होटललाई अनुदान उपलब्ध गराएको छ। वडा नं ९ स्थित चित्रीपाटन होटलले सर्वसाधारणलाई अर्गानिक खाना खुवाउने उद्देश्यले रू तीन लाख ७५ हजार अनुदान दिएको हो। खानेकुरामा विषादीको प्रयोग बढ्दै गएको तथा स्थानीय खानेकुराको प्रयोग घट्दै गइरहेको अवस्थामा नगरपालिकाले अर्गानिक खाना खुवाउने होटल व्यवसायीलाई...बाँकी

ग्लोबल आईएमई र जनता बैङ्क मर्जर हुने घोषणा

 ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर हुने भएका छन् । आज राजधानिमा यी दुई बैङ्कले मर्जर समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको घोषण गरेका हुन् । मेगा बैङ्कसँग मर्जरको चर्चा चलिरहेको ग्लोबल आईएमईले अन्तिम समयमा आएर जनता बैङ्कसँग हात मिलाएको हो । ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क अब...बाँकी

असारे विकास : रोपोमै कुद्यो डोजर,गाउँ नै आतंकित

 खप्तडछान्ना गाउँपालिका ६ पाटादेवलको अगासे खेतमा बुधबार धमाधम रोपाइँ चलिरहेको थियो । हलिसारा (पहिलो रोपाइँ) गर्दा राम्रो उब्जनी हुने मान्यताका कारण एकै दिन अगासे खेतमा २० बढी परिवारको रोपाइँ हुँदै थियो । कोही खेत साउँदै ९सम्याउँदै० थिए । कोही बेर्ना उखेल्दै थिए । बाउसेहरू इल्चा (खेतको डिँड) लगाउँदै थिए । केही खेतमा देउडा घन्काउँदै रोप्नेरी...बाँकी

कक्षा ११-१२ को शुल्क कसले तोक्ने ?

एसईई नतिजा सार्वजनिक हुनुअघि नै सहरी क्षेत्रका कतिपय निजी माध्यमिक विद्यालयले विद्यार्थी भर्ना गर्न प्रवेश परीक्षा लिइसकेका थिए । अधिकांशचाहिँ नतिजा आएलगत्तै रोजीछानी भर्ना लिने चटारोमा छन् । उनीहरू पहिले आउनेलाई प्राथमिकता दिने, छात्रवृत्ति दिनेजस्ता नाराले विद्यार्थी तान्ने प्रयासमा छन् । हरेक विद्यालयले विद्यार्थीलाई फोन गरेर बोलाउँछन् । आफ्नो स्कुलका...बाँकी

मकवानपुरको चेपाङ बस्तीमा होमस्टे

 अति सिमान्तकृत चेपाङ जातिको सस्ंकृति झल्काउने गरी मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी वर्ष होमस्टे निर्माण गर्ने भएको छ । चेपाङ र तामाङ जातिको बाहुल्यता रहेको राक्सिराङमा आगामी आर्थिक वर्षमा होमस्टे निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६/०७७ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा...बाँकी

नेपालको छुर्पी अमेरिकामा कुकुरका लागि निर्यात !

इलाममा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन । महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ । कुकुरले खाने छुर्पीमा...बाँकी