सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको छ । बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो कार्यक्रमका लागि रकम बिनियोजन गरेका हुन् । सरकारले बेरोजगार युवालाई न्युनतम रोजगारीको ग्यारेन्टी गर्ने भन्दै चालु आर्थिक वर्षमा नै यो कार्यक्रमको सुरुआत गरेको थियो...बाँकी
सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो । अरु भत्ता एक हजार बढेको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल जेष्ठ...बाँकी
गत कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एसियाली विकास बैंक (एडिबी) ले लुम्बिनी विकास कोषलाई दिएको बिजुली बस उद्घाटन गर्दै सन् २०२० सम्म कुल सवारीसाधनमा २० प्रतिशत विद्युतीय हुने बताए। त्यस पछि पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले तीन सय विद्युतीय बस खरीद गर्ने निर्णय समेत गर्यो।...बाँकी
जेफ बेजोसकी पत्नी म्याकेन्जी बेजोसले आफ्नो सम्पत्तिको आधा परोपकारी काममा दान गर्नका लागि विश्वका धनी मानिसहरुसँग आफ्नो सम्पर्क बढाएकि छन् । वारेन बफेट र बिल तथा मेलिन्दा गेट्सले २०१० मा सुरु गरेको ‘द गिभिङ प्लेज’ले बेजोसको प्रतिबद्धताको बारेमा मंगलबार जानकारी गराएको हो । बेजोस अमेजनका सीईओ जेफ बेजोससँग डिभोर्स भएपछि...बाँकी
मुलुक करिब साढे १० खर्ब रुपैयाँ ऋणमा परेको छ । सोमबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार डलर महँगिनु र वैदेशिक ऋण बढ्नुलगायत कारणले नेपालको ऋणभार चुलिएको हो । ‘२०७५ फागुनसम्म भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण ९ खर्ब ७८ अर्ब ४५ करोड रुपैयाँ छ,’ सर्वेक्षणले भनेको छ । सरकारले अब उठाउने पक्कापक्की भइसकेको आन्तरिक ऋणको ८६...बाँकी
चार वर्षपछि तातोपानी नाका हुँदै चार कन्टेनर चीन गएका छन्। २०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको नाका मर्मतसम्भार गरिएसँगै सामान लिन कन्टेनर चीन गएका हुन्। तातोपानी नाका भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले ती कन्टेरनबाट भोलि मंगलबार नाका हुँदै ऊन भित्रिने जानकारी दिए। ऊन भित्रिएसँगै तातोपानी नाका पुनः सञ्चालनमा आउने छ।...बाँकी
विराटनगरको अति व्यस्त बजार गुदरीमा पार्क बन्ने भएको छ। पार्क बनाउन विराटनगर महानगरपालिकाले ७० लाख रूपैयाँ विनियोजन गरेको छ। वडा नम्बर ९ स्थित ‘ए’ र ‘बी’ प्लटमा खाली रहेको १ कठ्ठा १६ धुर जग्गामा पार्क बनाउने अवधारणा महानगरले ल्याएको हो। नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्कीले संसद विकास कोसबाट सो...बाँकी
कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा भारी मतले विजयी उम्मेदवार बिना मगर नेपाल कम्युनिस्ट पार्टी( नेकपा)को दुई तिहाइको सरकारमा खानेपानी मन्त्री हुन्। मन्त्री मगरले आफ्नो निर्वाचन क्षेत्रमा चार करोड रुपैयाँ विकासे काममा बाँडेकी छिन्। उनले निर्वाचन क्षेत्र विकास कोषको चार करोड रुपैयाँ बजेट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर...बाँकी