एउटै बीलबिजक देखाएर पटकपटक मालवस्तु बिक्री तथा ढुवानी गर्दै आएका व्यवसायीलाई राजश्व तिर्न बाध्य गराउने गरी सरकारले आगामी साउन १ गतेदेखि वेभमा आधारित केन्द्रीय सूचना प्रणाली लागू गर्ने भएको छ । राजश्व छली गर्ने उद्देश्यले एउटै बीलबिजक देखाउँदै व्यवसायीले मालवस्तु आयात, निर्यात तथा बिक्री वितरण गर्दै आएका थिए । सरकारको...बाँकी
बर्दिबास–निजगढ रेलमार्गको ट्रयाक निर्माणका लागि ८ कम्पनीले प्रस्ताव गरेका छन् । गत वैैशाख २३ गते गरिएको सार्वजनिक सूचना मार्फत बोलपत्र आह्वान गरिएकोमा बोलपत्रदाताबाट आर्थिक तथा प्राविधि प्रस्ताव प्राप्त भएको रेल विभागले जनाएको छ । प्राप्त भएका बोलपत्रदाताहरुको आर्थिक र प्राविधिक प्रस्ताव मूल्यांकन गरिने आयोजनाले जनाएको छ । प्रस्ताव भएका बोलपत्रदाताको...बाँकी
कर छलेको आशंकामा राजश्व कार्यालयले काठमाडौं फन् भ्यालीको कागजपत्र नियन्त्रणमा लिएको छ । आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नम्बर १० पलाँसेमा रहेको फन् भ्यालीले कर छलि गरेको उजुरी आएपछि कागजपत्र नियन्त्रणमा लिएको हो । कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले भने, ‘हाम्रो कार्यालयमा उजुरी आएपछि असार ५ गते उक्त...बाँकी
प्रदेश ३ मा असार तेस्रो सातासम्म २० दशमलव ९९ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । जबकि गत वर्षको यो अवधिमा ४६ दशमलव ९३ प्रतिशत धान रोपाइँ सकिइसकेको थियो । प्रदेश ३ को धेरै धान फल्ने जिल्ला चितवनमा १० दशमलव ६६ प्रतिशत धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यो...बाँकी
विज्ञहरुले पारमाणविक भट्टी केन्द्र सञ्चालन गर्ने अनूमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन् । प्राध्यापक सुरेन्द्रप्रसाद पण्डित र चिकित्सक शान्तलाल श्रेष्ठले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टी उत्पादन गर्ने अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने पनि स्पष्ट पारे । प्राध्यापक पण्डितले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको...बाँकी
जनकपुरधाम उपमहानगरपालिका भित्रका कतिपय सडकमा ग्राभेलसमेत नहुँदा सर्वसाधारणहरु सुक्खामा धुलो र वर्षामा हिलोको मार खेप्दै हिँड्न बाध्य छन् । त्यस्ता सडकहरु बनाउन सम्बन्धित निकायले आँखा चिम्लेका छन् । तर जनकपुरमै एउटा यस्तो बाटो छ । जुन बाटोमा ढलान गरिसकिएको छ तर बजेट सकाउन र भ्रष्टाचार गर्न ढलान गरिसकिएको सडकमा पुनः...बाँकी
मकवानपुरको भिमफेदी गाँउपालिका वडा नं.५ को तल्लो सुपिङ, माथिल्लो सुपिङ, खोला डाँडा, तल्लो ज्यामिरे माथील्लो ज्यामिरेमा पानी खुवाउनका लागि तीनै तहको सरकारले लगानी गरेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडानम्बर –५ सुपिङमा पानी खुवाउनका लागि तीनै तहको सरकारले चालु आर्थिक वर्ष देखि तीन वर्षमा खानेपानी योजना सक्नेगरी यस वर्षबाट काम...बाँकी
प्रदेश सभाका सदस्यहरुलाई आउँदो आर्थिक वर्षमा वैदेशिक भ्रमणका लागि २० लाख रुपैयाँ रकम छुट्याइएको छ । प्रदेश नम्बर –३ का सांसदहरुलाई वैदेशिक भ्रमणका लागि जनताबाट उठाईएको करको ठुलो रकम छुट्याइएको हो । प्रदेश सभा सचिवालयको खर्च शिर्षक नम्बर २२ हजार ५ सय २२ बाट रकम छुट्याएर वैदेशिक भ्रमणमा जान लागिएको...बाँकी