अर्थ समाचार

हेटौंडाका युवा सहित नेटवर्किङमा फसाइँदै सयौं युवा, भारतमा रहेको कम्पनीले नेपालमा ठग्दै

हेटौंडा : अहिले हेटौंडाका युवाहरु भारतमा ओरियन्टस ग्लोबल मार्केटिङमा काम गर्ने भन्दै धमाधम भारततर्फ जाँदै गरेको भेटिन्छन् । हेटौंडाका एक सय भन्दा बढि युवालाई अहिले भारतका नेटवर्किङ कम्पनीले ठग्दै गरेको पाईन्छ । हेटौंडाका मात्रै होइन नेपालका विभिन्न स्थानबाट युवाहरुलाई फसाई रहेका छन् । स्थानीय दलाल मार्फत गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्केटिङ...बाँकी

भ्याटमा १८ अर्ब बढीको नक्कली कारोबार, सात सय कम्पनी नक्कली भ्याट कारोबारमा

राजस्व अनुसन्धान विभागले चालु वर्षको जेठसम्ममा मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली कारोबारबारे गरेको अनुसन्धानले १८ अर्ब ६२ करोड रुपैयाँ राजस्व अपचलन भएको फेला पारेको छ। यो अपचलनमा सयौं कम्पनी संलग्न भएपछि सबैभन्दा बढी सुन कारोबारी रहेको देखिएको छ। विभागका अनुसार दुईवटा सुनको कारोबार गर्ने कम्पनीले मात्र एक अर्ब ८३...बाँकी

२२ प्रतिशत बजेट प्रदेशले खर्चन नसक्ने

प्रदेशहरूले आफ्नो पहिलो बजेटको कम्तीमा २२ प्रतिशत खर्चन नसक्ने भएका छन् । यो वर्ष प्रदेशहरूको कुल बजेट २ खर्ब ६ अर्ब ४९ करोड ६ लाख ६६ हजार रुपैयाँ हो ।यसको करिब २२ प्रतिशत अर्थात् ४४ अर्ब ५९ करोड ९६ लाख २५ हजार रुपैयाँ बजेट खर्च नभएर बच्ने अनुमान प्रदेशहरूले गरेका छन् । आन्तरिक...बाँकी

प्रदेश ३ मा खेल मैदानको लागि ६८ करोड ४० लाख बजेट

हेटौंडाः प्रदेश ३ मा खेलमैदानको लागि ६८ करोड ४० लाख रुपैयाँ बजेट छुटट्याएको छ । प्रदेश ३ को रंगशाला, कवर्डहल र खेल मैदान निर्माणको लागि ६८ करोड ४० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । साथै प्रदेशभित्र एक घर एक धारा कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रदेशभित्र ४८ वटा...बाँकी

न्युरोडमा सुरु भयो स्मार्ट पार्किङ

 काठमाडौंको न्युरोडमा आजदेखि स्मार्ट पार्किङ सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो । स्मार्ट पार्किङ सेवा उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयले सडक व्यवस्थित गर्न आग्रह गरेपछि सेवा सुरु गरिएको बताए । मेयर शाक्यले यसलाई अस्थायी रुपमा...बाँकी

भारतले दियो रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ प्रतिवेदन

रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाल पठाएको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल)ले तयार पारेको प्रारम्भिक रिपोर्ट परराष्ट्र मन्त्रालय हुँदै यातायात आइपुगेको रेल विभागका प्रवक्ता महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले रिपोर्ट आएपछि त्यसबारे अध्ययन गरेर मात्रै विस्तृतमा भन्न सकिने बताए ।...बाँकी

स्कुलमा नि:शुल्क प्याड, स्वदेशी उद्योगलाई १ अर्बको बजार

'नेपालमा सियो पनि बन्दैन' भन्ने उखान जनजिब्रोबाट हराइसकेकै थिएन, २०६० सालतिर स्यानिटरी प्याड बन्न सुरू भयो। 'शारडा समूह' ले लामो समय अध्ययन गर्दा स्यानिटरी प्याडको माग देखेर चीनबाट मेसिन झिकायो। अमेरिका, क्यानडा, सिंगापुर र भारतबाट कच्चा पदार्थ ल्यायो। नयाँ उत्पादनको उत्साह बोकेर 'जस्मिन हाइजिन प्रोडक्टस्' नामक उद्योग सुरू गर्यो। सुरूआती...बाँकी

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले ज्ञापन पत्र बुझायो

हेटौंडा : सरकारले भर्खरै मात्रै ल्याएको बजेट प्रति आपत्ती जनाउँदै नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले आज अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएको छ । देश भरि नै ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पनि ज्ञापन पत्र बुझाएको हो । बजेटमा कपडा तथा सिलाई व्यवसायीले...बाँकी