शिक्षा

१५ वर्षदेखि उत्कृष्ट सामुदायिक

हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयले १५ वर्षदेखि जिल्लामा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्दै आइरहेको छ । यस वर्षको एसईई परीक्षामा समेत सामुदायिक विद्यालयतर्फ आधुनिक सर्वोत्कृष्ट भएको हो । यस वर्षको एसईई परीक्षामा यहाँबाट २ सय ३० विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाएका थिए । जसमध्ये ए प्लस १२ जना, ए ५३ जना, बी...बाँकी

मकवानपुर बाल विद्या सदन स्कुल, हर्नामाडीको विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न

 निर्वाचन मार्फत लोकतान्त्रिक पद्धतिको प्रयोगात्मक अभ्यास एवम् आफैंले नेतृत्व छनोट गरी व्यवहारिक ज्ञान दिलाउने उद्देश्य । निर्वाचन प्रकृयाबाट स्कुल क्याप्टेन तथा क्लास क्याप्टेन चयन । स्कुल क्याप्टेन छात्र तथा छात्रातर्फ क्रमशः रजल श्रेष्ठ र स्मिति गिरी । क्लास क्याप्टेन निशान भोम्जन (४), रिया पुडासैनी (५), रिसन भुजेल (६), कुसुम खड्का...बाँकी

एसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी विद्यार्थीको लब्धांक पत्रमा अनुत्तीर्ण लेखिदैन । तर सबै विद्यार्थीले कक्षा ११ मा भर्ना हुन भने पाउँदैनन् । तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्ले २०७३ असार १५ गते र शिक्षा मन्त्रालयले २०७४ असार ५ गते गरेको निर्णयअनुसार न्यूनतम जीपीए १.६ निर्धारण गरिएको छ । १.६ भन्दा...बाँकी

दशौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

दशौं कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । गएको जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो । कोरियाले पहिले जानकारी नगराएकाले वेवसाइटमा राख्न ढिला भएको र अहिले राख्ने काम भैरहेको उहाँले जानकारी दिनुभयो ।...बाँकी

एसईई परीक्षामा प्रदेश ३ सबैभन्दा अगाडी, सामुदायिक अझै कमजोर

प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश २ सबैभन्दा कमजोर देखिएको छ भने अन्य प्रदेशको तुलनामा संघीय राजधानीसमेत रहेको प्रदेश ३ सबैभन्दा अगाडि देखिएको छ । मुलुकभरको नतिजा हेर्दा ग्रेडिङ पद्धति सुरु भएपछि यसपटक एसईईको समग्र नतिजा प्रतिशत उच्च देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १.६ देखि ४...बाँकी

एसईईमा सांसद शान्ताले ल्याईन बी ग्रेड

यस वर्ष एसईई परीक्षा दिएकी शान्ता चौधरीले बी ग्रेड पाएकी छिन् ।। बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याएकी छन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् । आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने...बाँकी

मकवानपुरको थाहा नगरमा मदन भण्डारी विश्वविद्यालय खुल्ने

मकवानपुरको थाहा नगरपालिकामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय खुल्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले थाहा नगरपालिका ९ स्थित स्वच्छन्द भैरव माविको नाममा रहेको १७९ रोपनी १२ आना २ पैसा जग्गा विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा भोगाधिकार प्रदान गर्ने निर्णय गरेको हो । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा...बाँकी

एसईईको नतिजा: ‘ए प्लस’ ल्याउनेको सङ्ख्या पोहोरभन्दा बढी

माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा 'ए प्लस' ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। बिहीवार प्रकाशित नतिजा अनुसार कुल १७ हजार पाँच सय ८० जना विद्यार्थी 'ए प्लस' श्रेणीमा उत्तीर्ण भएका बताइएको छ। यो सङ्ख्या गत वर्षको भन्दा तीन हजारले बढी हो। यो वर्ष...बाँकी