शिक्षा

३० वर्षमा ५ सन्तान, तर कोही विद्यालय जाँदैन !

अचेल तीस बत्तीस वर्ष नभै बिहे गर्दैनन् । छोरा होस् वा छोरी एक मात्र सन्तान भए पुग्छ भन्ने मान्यता स्थापित भइरहेको छ । मकवानपुरको बागमती गाउँपालिकाको दुर्गम गाउँ गाहाकी ३० वर्षीया मैयाँ पहरीको विवाह भएको १७ वर्ष भयो । यसबीचमा उनी पाँच सन्तानकी आमा समेत बनिन् । झट्ट हेर्दा ४०–४५...बाँकी

अशक्त र मानसिक समस्या भएका नागरिकको अब निःशुल्क उपचार गर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेवारिसे, असहाय, अशक्त र मानसिक समस्या भएका नागरिकको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । निर्णयसँगै मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको मानसिक स्वास्थ्य शाखाको नेतृत्वमा यो कार्यक्रम संचानल हुने छ । सरकारले यसअघिनै अशक्त, असहाय, बेवारिसे र मानसिक रोगी तथा मनोसामाजिक रोग भएका व्यक्तिहरूको...बाँकी

फोहरलाई स्रोतमा वर्गिकरण गर्न अन्तरक्रिया

हेटौंडा : फोहरलाई स्रोतमा नै वर्गिकरण गरी व्यवस्थापन गर्न जनचेतना अभिवृद्धि गराउने कार्यक्रम भएको छ । प्रदेश वन निर्देशानलय ३ नम्बर प्रदेशको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको वडा सदस्यहरु, फोहोर व्यवस्थापन सम्बन्धी सरोकार राख्ने संस्थाहरुका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । ग्रामिण सुधार मञ्च नेपालको सहकार्यमा भएको कार्यक्रममा ३ नम्बर प्रदेशका...बाँकी

लोकसेवाले बढायो फारम भर्ने म्याद

लोक सेवा आयोगले विभिन्न पदका लागि खोलेको विज्ञपनमा आवेदन फारम पेस गर्ने म्याद बढाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै लोक सेवा आयोगले १० गतेसम्म फारम भर्ने म्याद थप गरिएको जानकारी दिएको हो। जेठ १५ गते ५१५ स्थानीय तहका लागि लोक सेवाले विभिन्न तहमा गरी ९ हजारभन्दा बढी पदका लागि आवेदन...बाँकी

विद्यार्थी कुटेको आरोपमा पत्रकार पक्राउ, विद्यार्थीहरु आन्दोलित

गएको आइतबार दिउँसो विद्यार्थी कुटेको आरोपमा उदयपुरका स्थानीय पत्रकार देवराज राई पक्राउ परेका छन्। बिएड प्रथम वर्षमा अध्ययनरत विद्यार्थीमाथि कक्षा कोठामा नै कुटपिट गरेको आरोपमा इलाका प्रहरी कार्यालय बेल्टरले पक्राउ गरेको जानकारी दिएको हो। पत्रकार राईसहितको चारजनाले समूहले चौदण्डीगढी नगरपालिका ६ स्थित ज्योति बहुमुखी क्याम्पस बेल्टारमा विद्यार्थी कुटेको आरोपमा पक्राउ परेका हुन्।...बाँकी

हेटौंडामा गर्मी बढेपछि पाँच दिनका लागि विद्यालय बन्द

 हेटौंडामा अत्यधिक गर्मी बढेपछि सरकारी तथा निजी विद्यालय पाँच दिनका लागि बिदा दिइएको छ । पढ्न आएका विद्यार्थीहरु गर्मीका कारण एक्कासी बेहोस हुने, ढल्ने, स्कुलमा बस्न नसक्ने भएका कारण नगरक्षेत्रभरका विद्यालयलाई पाँच दिनका लागि बिदा दिइएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । भोलि सोमबारदेखि शुक्रबार सम्मका लागि हेटौंडाका निजी...बाँकी

गर्मी बढ्दैं गएपछि विद्यालय बन्द

अचाक्ली बढेको गर्मी छल्न महोत्तरीमा धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । जेठ अन्तिम सातादेखि क्रमशः बढ्दै गएको प्रचण्ड गर्मी छल्न जिल्लाका स्थानीय तहले धमाधम विद्यालय बन्द गर्न थालेका हुन् । जिल्लाको सोनमा गाउँपालिकाले यही असार ६ गतेसम्म विद्यालय बन्द हुने सार्वजनिक सूचना नै जारी गरेको छ । “बढ्दै गएको...बाँकी

हेटौंडामा माविस्तरिय विज्ञान प्रदर्शनी

हेटौंडाः नगरस्तरीय शैक्षिक समन्वय समितिको आयोजना तथा हेटौंडा उपमहानगर पालिकाको आर्थिक सहयोगमा मावि स्तरीय विज्ञान प्रतियोगितात्मक प्रदर्शनी सम्पन्न भयो । नगर प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा महाशाखा प्रमुख पूर्णबहादुर अछामे , शिक्षक महा संघका अध्यक्ष जिधराज ढकाल , चेतनाथ खतिवडा लगायतले मन्तब्य राख्नु भएको थियो ।...बाँकी