शिक्षा

गर्मी बढेपछि झापामा पठनपाठन बन्द

पूर्वी नेपालमा विगत ३ दिनयता अत्यधिक गर्मी बढेको छ। अत्यधिक गर्मी बढेकै कारण झापाको अर्जुनधारा नगरपालिकाभित्र सञ्चालित निजी विद्यालयले शुक्रबार अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेका छन्। गर्मीले गर्दा बालबालिकाको अध्ययनमा समस्या उत्पन्न भएको भन्दै शुक्रबारका लागि बिदा दिएको हो। मौसममा केही सुधार हुने संकेत देखिएपछि मात्र विद्यालय सञ्चालन हुने...बाँकी

स्कुलमा नि:शुल्क प्याड, स्वदेशी उद्योगलाई १ अर्बको बजार

'नेपालमा सियो पनि बन्दैन' भन्ने उखान जनजिब्रोबाट हराइसकेकै थिएन, २०६० सालतिर स्यानिटरी प्याड बन्न सुरू भयो। 'शारडा समूह' ले लामो समय अध्ययन गर्दा स्यानिटरी प्याडको माग देखेर चीनबाट मेसिन झिकायो। अमेरिका, क्यानडा, सिंगापुर र भारतबाट कच्चा पदार्थ ल्यायो। नयाँ उत्पादनको उत्साह बोकेर 'जस्मिन हाइजिन प्रोडक्टस्' नामक उद्योग सुरू गर्यो। सुरूआती...बाँकी

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले ज्ञापन पत्र बुझायो

हेटौंडा : सरकारले भर्खरै मात्रै ल्याएको बजेट प्रति आपत्ती जनाउँदै नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघले आज अर्थमन्त्री युवराज खतिवडालाई ज्ञापन पत्र बुझाएको छ । देश भरि नै ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तर्गत मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पनि ज्ञापन पत्र बुझाएको हो । बजेटमा कपडा तथा सिलाई व्यवसायीले...बाँकी

विद्यालयको भवन भत्किदा दुईजना घाईते

छायानाथ रारा नगरपालिका २ गमगढी बजारमा रहेको एक निजी विद्यालयको भवन भत्किदा दुई जना घाइते भएका छन्। सदरमुकाम गमगढीस्थित थापा मेमोरियल बोर्डिङ स्कुलको छ कोठे भवनको दुई कोठा भवन अपरान्ह दुई बजेतिर एक्कासी भत्किदा विद्यालयका शिक्षक किस्मत आचार्य र युकेजीमा अध्ययनरत विद्यार्थी सुजन शाही घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको...बाँकी

सरकारले १२ पास नगरी विदेशमा पढ्न जान नदिने

सरकारले १२ पास नगरी विदेशमा डिप्लोमा पढ्न जान नदिने भएको छ। एसईई उत्तिर्ण गरेका विद्यार्थी बंगलादेश, अष्ट्रेलिया, जापान, अमेरिकालगायत देशमा पढ्न जान स्वीकृति ९नो अब्जेसन लेटर० लिने गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिन रोकेको छ। शिक्षा मन्त्रालयका उपसचिव महेश्वर शर्माका अनुसार अबदेखि १२ कक्षा उत्तिर्ण गरेका विद्यार्थीलाई मात्रै...बाँकी

मकवानपुरमा १७३ जना शिक्षकले करारमा जागिर पाउने

आउँदो श्रावणबाट नाम निकाल्न असफल भएका अस्थायी शिक्षकहरुको अवधी समाप्त हुने भएपछि मकवानपुरमा १७३ जना शिक्षकले करारमा जागिर पाउने भएक छन् । मकवानपुरको सबै स्थानीय तहमा गरि १७३ जना अस्थायी शिक्षकले जागिर गुमाएको कारण अब नयाँ प्रक्रियाबाट ति स्थानमा शिक्षक नियुक्त गर्ने तयारी गरिएको हो । शिक्षा विकास तथा समन्वय...बाँकी

लोक सेवाले नौ हजारका लागि गरेको विज्ञापनमा अहिले नै ८२ हजारको आवेदन

स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या १३ दिनमा ८२ हजार पाँच सय पुगेको छ। आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन दिनेको संख्या बढिरहेको छ। आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलका अनुसार मंगलबार...बाँकी

थाहाका दुई विद्यालय पुन निर्माणको अनुगमन

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरले मकवानपुरका दुई विद्यालयको पुनर्निर्माणको अनुगमन गरेको छ । सोमबार मकवानपुरको थाहा नगरपालिकाका दुई विद्यालयको अनुगमन गरेको हो । अनुगमनको क्रममा थाहा नगरपालिका–९ मा रहेको जनक प्राविको दूई कोठे भवन समयमा नै सकिएको पाइएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरको २३ लाख अनुदानमा...बाँकी