शिक्षा

उपत्यकाका बिद्यालय बन्द गरिने

आगामी भदौं १४ र १५ गते काठमाडौं, ललितपुर र भक्तपुरका शिक्षण संस्थाहरु बन्द हुने भएको छ । संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुचना जारी गर्दै यस्तो निर्णय गरेको हो । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई लक्षित गर्दै यस्तो निर्णय गरेको हो...बाँकी

कतै शिक्षक शुन्य, कतै बढी

देशका दुई हजार ५५४ विद्यालयमा आधारभूत तह (कक्षा १–८) मा एक जना पनि स्थायी शिक्षक छैनन् । माध्यमिक तह (कक्षा ९–१०) पढाइ हुने ५०४ विद्यालयमा शिक्षक दरबन्दी छैन । तीन हजार ५८ विद्यालयमा शिक्षक दरबन्दी शून्य छ । कपिलवस्तु स्थानीय तहपिच्छे प्राथमिक विद्यालयहरूमा विद्यार्थी अनुपात र शिक्षक दरबन्दीबीच ठूलो अन्तर...बाँकी

हेटौंडामा सिभिल इञ्जिनियरिङको डिप्लोमा पढाई हुने

हेटौंडा–६,चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयले सिभिल इञ्जिनियरिङ कक्षा सञ्चालन गर्ने भएको छ । विद्यालयले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । विद्यालयले भदौ अन्तिम साताबाट सिभिल इञ्जिनियरिङमा ३ वर्षे डिप्लोमा कक्षा सञ्चालन गर्ने विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछानेले बताउनुभयो । सीटीईभीटीको सम्बन्धनमा मकवानपुरमा पहिलो पटक सिभिल इञ्जिनियरिङ डिप्लोमा कक्षा सञ्चालन...बाँकी

नेम इन्सिच्यूटद्वारा सम्मान तथा बधाइ कार्यक्रमको आयोजना

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १०मा रहेको नेम इन्सिच्यूटले हेटौंडा सिमेन्टमा नाम निकाल्न सपल ३४ जना आफ्ना बिद्यार्थीहरुलाई सम्मान सहित बधाइ कार्यक्रमको आयोजना गरेको छ । लोक सेवा अन्तरगत हेटौंडा सिमेन्टको प्रशासनीक तथा प्राबिधिक बिभिन्न पदहरुमा सफल भएका आफ्नो इन्सिच्यूटमा पढेका बिद्यार्थीहरुलाई सोमबार बधाइ तथा सम्मान कार्यक्रम आयोजना गरिएको नेम...बाँकी

चुक्यो चुरियामाइ टेक्निकल कलेज,बन्द गराउन प्रशासनको निर्देशन

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ स्थित जिल्ला प्रशासन कार्यालयको नजिकै चुरियामाई टेक्निकल कलेज बन्द गर्न प्रशासनले निर्देशन दिएको छ । कलेज पूर्ण रुपमा अबैध रुपमा संचालनमा रहेको पाइएपछि बन्द गर्न निर्देशन दिइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले गुगलपाटीलाई बताए । नेपाल सरकारबाट मान्यता प्राप्त उल्लेख गरेका होर्डिङ्गबोर्ड हेटौंडा बजारको...बाँकी

त्रिविको लापरबाहीः ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो । केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा विदेशमा पढिरहेका छन् । तर, अहिले जिपिए ३.० भन्दा कम ल्याउने विद्यार्थीलाई फेल भएको भन्दै त्रिविले ट्रान्सक्रिप्ट दिन रोकेपछि सयौँ विद्यार्थी आक्रोशित...बाँकी

फिकुरी बहुमुखी क्याम्पस अध्यक्ष बिरुद्ध अख्तियारमा उजुरी

नुवाकोट जिल्लाको किस्पाङ् गाउँपालिका–२, फिकुरी मा रहेको एक मात्र क्याम्पस फिकुरी बहुमुखी क्याम्पसमा व्यापक आर्थिक अनियमितता भएको भन्दैं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । क्याम्पस संचालन समितिको अध्यक्ष कृष्णप्रसाद भट्टले झुटो विवरण पेश गरि अध्यक्ष बनेको र क्याम्पस प्रमुख नियुक्तिमा स्वेच्छाचारी पाराले प्रचलित नियम कानुनलाई मिचेको भन्दै अख्तियारमा...बाँकी

प्रधानाध्यापक थुनामा

आफँैले अध्यापन गराउने बालिकामार्थि अप्राकृति मैथुन गर्ने यहाँका एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन् । फलेबास नगरपालिका–६ स्थित माझीगाँउ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई पर्वत जिल्ला अदालतका न्यायाधीश दयराम पोखरेलको इजलासको आदेश पछि शुुुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरिएको हो । थुनामा परेका प्रअ पौडेलले विद्यार्थीलाई मुख मैथुन...बाँकी