शिक्षा दिवस समारोहको निर्धारित समय शनिबार दिउँसो १ बजे । तर प्रधानमन्त्री केपी ओली ३ बजे मात्रै कार्यक्रमस्थल पुगे । प्रमुख अतिथि प्रधानमन्त्रीलाई दुई घण्टा कुरेर बस्नेमा अधिकांश स्कुले बालबालिका थिए । राजधानीको प्रज्ञा प्रतिष्ठानस्थित सभा हलमा उनीहरुका लागि यो अवधि निकै छटपटीपूर्ण थियो । १ बजे समारोह उद्घाटनको कार्यतालिकाअनुसार विद्यार्थीलाई १२ बजे नै हलमा...बाँकी
शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ । यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभई फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए । ‘परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यस पटकदेखि हामीले ‘होम सेन्टर’...बाँकी
स्थानीय तहको निर्बाचन भएपछि बनेका गाउँ नगरस्तरीय ऐनहरूको कार्यान्वयन फितलो भइरहँदा मकवानपुरको कैलाश गाउँपालिकाले गाउँ शिक्षा ऐन–२०७५ को कार्यान्वयन गरी शिक्षक दरबन्दी मिलान गरेको छ। देशभर रहेका ७५३ वटा स्थानीय तहमध्ये कैलाशले पहिलोपटक दरबन्दी मिलान गरेको हो। कैलाश गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका ५१ वटा विद्यालयहरूमा विद्यार्थी तथा शिक्षकको संख्याको अध्ययन...बाँकी
३९ औं शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आज सरसफाई तथा बृक्षारोपण गरिएको छ । भक्तपुर सानोठिमीस्थित साबिक शैक्षिक जनशक्ति विकास केन्द्र परिसरमा बिभिन्न फलफुलका बिरुवा रोपिएको हो । केन्द्र परिसरमा अम्बाको बिरुवा रोपेर शिक्षा मन्त्रालयका सचिव खगराज बरालले कार्यक्रम उद्घाटन गर्नुभयो । बृक्षारोपण तथा सरसफाईपछि बोल्दै...बाँकी
खोटाङकी कोपिलासगढी गाउँपालिका ४ बाक्सिलाकी जुरीमाया राई उमेरले आराम गर्दै घरैमा बसरिहेको हुनुपर्ने हो । तर, ७५ बर्षीया उनको दिनचर्या स्कुल धाईरहेका स—साना विद्यार्थीको भन्दा फरक छैन । जुरीमाया किताबकापी बाकेर नातीनातिनी उमेरका बालबालिकासक्गै विद्यालय पुग्छिन् । पढेर उसैगरी घर फर्किन्छिन् । बाल्यकालमा पढ्न नपाएको धोको पुरा गर्न उनी बुढेसकालमा...बाँकी
पश्चिम मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ७ लामाटोल नजिकै बुधबार बिहानै सवारी दुर्घटना भएको छ । दुर्घटनमा परि राष्टि«य रोटरी माबि मनहरीमा अध्ययनरत १३ जना बिद्यार्थी घाईते भएको इलका प्रहरी कार्यलय मनहरीका प्रहरी प्रमुख बीरेन्द्र पनेरुले जनाकारी दिए । बुटवलबाट पुर्व तर्फ जादै गरेको लु ६ २ ख १४०१ नम्बरको...बाँकी
०७२ चैतमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा गडबड भएपछि राष्ट्रिय सतर्कता केन्द्रले हस्तक्षेप गर्यो । केन्द्रले गरेको छानबिनमा गणित विषयको प्रश्नपत्र बनाउने र जाँच गर्ने जिम्मेवारी पाएका शिक्षक चेतराज भट्टले लाखौँ रुपैयाँ लिएर प्रश्नपत्र बिक्री गरेको पुष्टि भयो । उनले प्रश्नपत्र बाँडेका विद्यार्थीको हात भाँचिएको बहानामा एमए फस्र्ट...बाँकी
नेपाल विद्यार्थी संघ बनविज्ञान संकायद्वारा विएस्सी फरेष्ट्री पढ्न आएका प्रथम वर्षका विद्यार्थीहरुलाई सोमबार क्याम्पसभित्र स्वागत, सम्मानसहित सांस्कृतिक कार्यक्रम गरेको छ । नेविसंघ वनविज्ञान संकायका सभापति प्रकाश तिवारीको सभाध्यक्षता तथा काँग्रेस मकवानपुर पार्टी सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा वनविज्ञान संकायमा विएस्सी फरेष्ट्री पढ्न आएका...बाँकी